प्रदेश सरकारको नामाकरण र सहमति

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रदेश सरकारको नामाकरण र सहमति

सारांश

  •     नेपाल भरीमा नै प्रदेशहरुको नामाकरणमा ढिलाई भइरहेको सन्दर्भमा प्रदेश २ ले अहिले प्रदेश सरकारको नामाकरणको लागि कसरतहरु शुरु गरेका छन् ।
  • जसअनुसार मधेश आन्दोलनसँग आबद्ध रहेको तथा मधेशी दलहरुको वर्चश्व रहेको र नेपालको अभिङ्ग भू–भाग वर्षोदेखि मधेश रहेको र मधेशमा मधेशीहरुको बाहुल्यता रहेको कारण जातीबाट होइन भाषाबाट होइन समग्र मधेशको प्रतिनिधित्व हुने गरी मधेश प्रदेशको नामाकरण हुनु पर्नेमा तर्कहरुको व्यापक रुपमा चलिरहेको छ ।
  • राजपा र समाजवादीले २ नम्बर प्रदेशको नामाकरण मधेश प्रदेश हुनु तिर झुकाव रहेको छ भने काँग्रेस र नेकपाले आ–आफ्नो धारणाहरु सार्वजनिक रुपमा नराखिएको कारण उनीहरु पनि मधेश प्रदेश नाम रहनु पर्ने तिर झुकाव रहेको अनुमान गरिरहेका छन् ।

अमरनाथ मण्डल
    प्रदेश २ को नामाकरण मधेश प्रदेश रहने कि अन्य प्रदेशको नामाकरण तय हुने कुरामा अहिले विवाद देखिएको अवस्थामा केही दिनदेखि प्रदेश २ का सरकार लगायत प्रदेश २ मा रहेका पार्टीहरुको आ– आफ्नो अडानमा रहेको सन्दर्भमा अहिले मधेश नाम प्रदेशको हुनु पर्ने तिर बहुमतको अवस्था सिर्जना भएका छन् । प्रदेशको नाम मधेश आन्दोलनको जनादेशको भावना अनुसार रहनु पर्ने आम बुद्धीजिविहरुको तर्क रहेको अवस्थामा मधेश प्रदेश प्रदेशमा मैथिली, भोजपुरी, अवधि, हिन्दी र नेपाली बोल्ने भाषाभाषीको समीकरणको आधारमा सबभन्दा बढी मैथिली बोल्ने भाषाभाषीको वर्चश्व प्रदेश २ मा रहेको छ । 
    राजा जनकको राजधानी जनकपुरधाममा प्रदेश २ को राजधानी समेत रहेको जनकपुरधाममा माता जानकीको इतिहासिक मन्दिर र हाम्रो सामु माता जानकीको मिथिला नगरीमा जन्म भएको सन्दर्भ लिएर पनि मिथिला प्रदेश हुनु पर्ने अडानहरु आ–आफ्नो ठाउँमा रहेको छ । त्यस्तै भोजपुरी र अवधि भाषा बोल्ने तथा भोजपुरी र अवधि भाषाभाषी भएका जातजातिहरुको बहुल्यता पनि प्रदेश २ मा रहेको कारण प्रदेश २ लाई नामाकरणमा मैथिली र भोजपुरा राज्यको नामाकरण हुनु पर्ने तर्कहरु पनि आफ्नो ठाउँमा सारेका छन् । 
    नेपाल भरीमा नै प्रदेशहरुको नामाकरणमा ढिलाई भइरहेको सन्दर्भमा प्रदेश २ ले अहिले प्रदेश सरकारको नामाकरणको लागि कसरतहरु शुरु गरेका छन् । जसअनुसार मधेश आन्दोलनसँग आबद्ध रहेको तथा मधेशी दलहरुको वर्चश्व रहेको र नेपालको अभिङ्ग भू–भाग वर्षोदेखि मधेश रहेको र मधेशमा मधेशीहरुको बाहुल्यता रहेको कारण जातीबाट होइन भाषाबाट होइन समग्र मधेशको प्रतिनिधित्व हुने गरी मधेश प्रदेशको नामाकरण हुनु पर्नेमा तर्कहरुको व्यापक रुपमा चलिरहेको छ । राजपा र समाजवादीले २ नम्बर प्रदेशको नामाकरण मधेश प्रदेश हुनु तिर झुकाव रहेको छ भने काँग्रेस र नेकपाले आ–आफ्नो धारणाहरु सार्वजनिक रुपमा नराखिएको कारण उनीहरु पनि मधेश प्रदेश नाम रहनु पर्ने तिर झुकाव रहेको अनुमान गरिरहेका छन् । 
    नेपालका अभिङ्ग अङ्गको रुपमा मधेश अनुपम संगमको अद्भुत स्थलको रुपमा विश्वमै भौगोलिक, सामाजिक तथा सांस्कृतिक धरोहरहरुले परिपुरक भएका स्थल हो । मधेशमा चुरे वन, सप्तकोशी नदी, कमला बलान भारतको नजिकमा अधिकांश जिल्लाहरुको जोडिएको सडक लगाय कृषिको उपज र उब्जाउको रुपमा कृषिप्रधान क्षेत्र मधेश रहेकोले आफ्नो भुमिमा मधेशले समय समयमा अह्म भुमिकाहरु खेलेर देखाएका छन् भने गणतन्त्रका नायक रामराजा प्रसाद सिंह, मधेशवादका अवधारणाकर्ता गजेन्द्र नारायण सिंह, मधेशको सन्त नेता महन्थ ठाकुर, मधेश विद्रोहका नेतृत्वकर्ता उपेन्द्र यादव, मधेशवादका आवाजलाई बुलन्द गर्ने सिके राउत, निर्भिक र मधेशवादको आवाज उठाउने नेतृत्व गर्ने राजेन्द्र महतो, राजपाका महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव, शरत संह भण्डारी, नेकपाका सत्यनारायण मण्डल, मातृका प्रसाद यादव, नेपाली काँग्रेसका विमलेन्द्र निधि, नेकपाका रामचन्द्र झा जस्ता नेताहरुको जन्म यसै भूमिमा भएको छन भने मधेशमा हजारौं शहिदले प्रजातन्त्र आन्दोलन, गणतन्त्र आन्दोलन, मधेश आन्दोलन, जनयुद्धमा शहिद भएका उदाहरणहरु रहेका छन् ।
    आपसमा विवाद नगरी मधेशका दुई÷तिन वटा बुँदाहरुमा आपसी समझदारी २ नम्बर प्रदेशको सम्पूर्ण मधेश झल्किने गरी नामाकरण हुनुपर्ने मधेशी बुद्धिजीविहरुको तर्क रहेको छ । हरेक क्षेत्रमा ख्याति कमाएका मधेश विभेदीकरणको शिकार बनी विकाशीय क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा अपहेलित बन्दै गइरहेको छ भने वर्षौ वर्षौदेखि संघीयताको परिकल्पनालाई आत्मसाथ गरी मधेश नायक गजेन्द्र नारायण सिंहले देखाएका बाटोहरु अनुरुप देशमा हजारौं बलिदानी पछि गणतन्त्र र संघीयताको परिपाटी सिर्जना भई प्रादेशिक राज्यहरु अवधरणा लागु भएका छन् भने प्रदेश नम्बर २ लाई आठ जिल्लामा मात्रै समाहित गरी शासकवर्गहरुद्वारा मधेशलाई एउटा सानो रेखामुनि बाध्ने प्रयास गरेको षडयन्त्रले पनि शासकवर्गहरु प्रदेश २ को नामाकरणमा पनि खिचिलो स्थितिको सिर्जना गरी विवादित बनाएका छन् । 
    मधेशमा रहेका सबै पार्टी, सबै दलहरु एक रुपताका साथ मधेशको हितमा, मधेशको विकासमा, मधेशको समृद्धिको लागि एकजुट हुनुपर्ने अवस्थाको सिर्जना गरी नेताहरु आपसी समझदारी गरी समग्र मधेश केन्द्रित रहेका अन्य जिल्लाहरु प्रदेश २ मा गाभ्नको लागि सशक्त आन्दोलनको थालनी गरी तथा संविधान संशोधनको एजेण्डालाई व्यापकतामा परिवर्तन गरी संशोधनको लागि राज्य पक्षलाई दवाव दिई समग्र मधेश एक प्रदेशको आवधारणालाई सार्थक बनाई  प्रदेश २ को नामाकरणमा आपसी जुट भई एक रुपता भई सहमतिको आधार निर्माण हुनुपर्ने अवस्था देखिन्छ । 
    प्रदेशको नामाकरणमा विवाद नगरी प्रदेशको विकासको लागि हरेक जात÷जाति, भाषा÷भाषीहरुको स्तरोन्नतिको लागि शिक्षा क्षेत्रको व्यापकताको लागि बेरोजगार तथा भ्रष्टाचारको अन्त्यको लागि जनताले दिएको जनादेशलाई सम्मान गरी मधेश आन्दोलनको भावनालाई समर्पित मनोभावनाको साथ सम्मान गरी अहिले प्रदेश २ का पक्षमा रहेका तथा विपक्षमा रहेका दलहरुको आपसी सम्झदारी हुनुपर्ने  आवश्यकता निर्माण वातावरण बन्नु पर्ने देखिन्छ । 
    मैथिली, भोजपुरा, जनक, मधेश जस्ता नामहरु अघि सरेको सन्दर्भमा उपयुक्त हुने तथा सबैको प्रतिनिधित्व हुने नामलाई छनौट गरी प्रदेशको नाम नामाकरण तिर प्रदेश सरकारले मधेशमा रहेका बुद्धिजीवि, नागरिक, पत्रकारहरुसँग अन्तरक्रिया गरी र त्यसबाट निस्किएका निष्कर्षलाई प्रदेशको नाममा नामाकरण गर्ने सहज वातावरणको व्यवस्था मिलाउन प्रदेश २ का सरकारले अहम भुमिका खेल्नु पर्ने देखिन्छ ।     
    तसर्थ अहिले प्रदेश २ मा सरकारमा रहेका दलहरुका मन्त्रीहरुको आपसी समझदारी भई प्रदेश २ मा रोकिएको आर्थिक बजेटहरु संचालनको दिशातिर उन्मुख भई प्रदेश २ लाई स्वतन्त्र रुपमा इमानदारता पूर्वक मधेशी जनताले चाहेका विकाश, शान्ति तथा समृद्धिको परिकल्पना साथ दल र दलका नेता, मन्त्रीहरु सक्रियताको साथ लाग्नु पर्ने अवस्थाको सिर्जना हुनुपर्ने दलहरुको केन्द्रीय स्तरबाट आफ्ना पार्टी नेता तथा पार्टीका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिई सक्रियताको भुमिका खेल्नु पर्ने अवस्थाको सिर्जना हुनुपर्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले धानको मूल्य तोक्ने ः कृषि मन्त्री साह
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?