दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको हुन लागेको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेकपा एमालेले राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिवार हुने उद्घाटन सत्र र चैत ३१ गते आईतवार हुने बन्द सत्रको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा आउने बताए ।
१० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटि चयन गरिने उनको भनाई छ ।
अधिवेशनका लागि जिल्लाभरिबाट ३ सय ५२ जना अधिवेशन प्रतिनिधिको सहभागिता रहने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिए ।
“खुल्लाबाट २ सय २४ जना, महिला ८६ जना र युवा ४२ जनागरि ३ सय ५२ जनाअधिवेश प्रतिनिधिको सहभागिता रहनेछ” सचिव यादवले भने । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन एक सय स्वंसेवक समेत परिचालन गर्ने व्यवस्था मिलाईएको यादवको भनाई छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका गृह तथा संचारमन्त्री राजकुमार लेखि, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य जितेन्द्र नारायण देव लगायतको उपस्थिति थियो ।
“अधिवेशनको सम्पूर्ण तयारी पुरा”
सारांश
- नेकपा एमालेले राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको हो ।
- पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिवार हुने उद्घाटन सत्र र चैत ३१ गते आईतवार हुने बन्द सत्रको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
- उनले केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा आउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया