दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीका एक कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्समा राख्दा राख्दै बिहीबार बिहान ज्यान गएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ घर भई हाल राजविराज ६ मा बस्दै आएका ७१ वर्षिय जिवलाल साहको ज्यान गएको हो ।
साहको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । सोही क्रममा कोरोना परिक्षणका लागि उनको स्वाब संकलन समेत गरिएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि बुधबार राती प्राप्त परिक्षण रिपोर्टले उनमा कोरोना पोजेटिभ पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
स्वास्थ्यमा सुधार देखिए पनि कोरोना पोजेटिभ देखिएकाले राती नै उनलाई राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशन सेन्टरमा लैजाने तयारी भइरहँदा आफन्तले होमआइसोलेशनमै राख्ने भनेपछि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा होमआइसोलेशनमा राख्न अनुमति दिइएको डा. झले बताए ।
यता वडा नं. ६ का अध्यक्ष प्रेम यादवले आफन्तले राजविराज ६ स्थित निवासमा होमआइसोलेशनमा राखेका साहलाई बिहीबार बिहान ४ बजेतिर अचानक स्वाशप्रश्वासमा समस्या आएपछि उपचारका लागि धरान लैजान एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको जनाए ।
मृतकको शवको बिहीबारै परिवारका केही सदस्यको उपस्थितिमा सेनाको टोलीले ब्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा कोरानाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या १ हजार ३ सय ५६ रहेकोमा बिहीबारसम्ममा १ हजार ९६ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.
- ४ घर भई हाल राजविराज ६ मा बस्दै आएका ७१ वर्षिय जिवलाल साहको ज्यान गएको हो ।
- साहको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया