कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ४ घर भई हाल राजविराज ६ मा बस्दै आएका ७१ वर्षिय जिवलाल साहको ज्यान गएको हो ।
  •       साहको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 
    सप्तरीका एक कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्समा राख्दा राख्दै बिहीबार बिहान ज्यान गएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ घर भई हाल राजविराज ६ मा बस्दै आएका ७१ वर्षिय जिवलाल साहको ज्यान गएको हो । 
    साहको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । सोही क्रममा कोरोना परिक्षणका लागि उनको स्वाब संकलन समेत गरिएको थियो । 
    स्वास्थ्यमा समस्या आएपछि बुधबार राती प्राप्त परिक्षण रिपोर्टले उनमा कोरोना पोजेटिभ पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । 
    स्वास्थ्यमा सुधार देखिए पनि कोरोना पोजेटिभ देखिएकाले राती नै उनलाई राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशन सेन्टरमा लैजाने तयारी भइरहँदा आफन्तले होमआइसोलेशनमै राख्ने भनेपछि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा होमआइसोलेशनमा राख्न अनुमति दिइएको डा. झले बताए । 
    यता वडा नं. ६ का अध्यक्ष प्रेम यादवले आफन्तले राजविराज ६ स्थित निवासमा होमआइसोलेशनमा राखेका साहलाई बिहीबार बिहान ४ बजेतिर अचानक स्वाशप्रश्वासमा समस्या आएपछि उपचारका लागि धरान लैजान एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको जनाए । 
    मृतकको शवको बिहीबारै परिवारका केही सदस्यको उपस्थितिमा सेनाको टोलीले ब्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 
    योसँगै जिल्लामा कोरानाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या १ हजार ३ सय ५६ रहेकोमा बिहीबारसम्ममा १ हजार ९६ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?