जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप

राजविराज राजविराज
|
बुधबार, जेठ २२, २०७०
|
|
१०२ पटक हेरिएको
Shares

सारांश

  • एसपीले गरेको व्यबहारको बिषयमा जानकारी दिन मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडितको तर्फबाट पहल गरिरहेकी पारालिगल बकधुवा गाउँ कमिटि अध्यक्ष कुसुम आचार्यले कहिल्यै भेट्न नमान्ने एसपी बस्नेतले सोमबार साँझ दर्ताका लागि दिइएको जाहेरी फिर्ता गरेको बताउनुभएको छ ।
  • २० दिन अगाडि दिएको जाहेरी दर्ता नगरी त्यसै फिर्ता गर्दै एसपीले ‘आइन्दा यस्तो कामका लागि यहाँ नआउनुस्’ भन्दै फर्काएको आचार्यको भनाई छ ।
  • ‘अन्यायमा परेका महिला तथा बालबालिकालालाई न्याय दिलाउने निकायका प्रमुख नै यस्तो व्यबहार गरेपछि आफू त पीडित भए नै, बलात्कारमा परेकी बालिकाले समेत न्याय पाइनन’ आचार्यले भन्नुभयो, ‘‘पीडित पक्षलाई न्याय नदिलाएर उल्टै धम्क्याउँदै, क्षतिपूर्ती तिर्न भनेपछि पीडित परिवारले कहाँ न्याय पाउँछन ?

दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको बकधुवा गाविसमा बालिकासँग बलात्कार भएको घट्नाबारे जिल्ला प्रहरी प्रमुखले उल्टै पीडित पक्षसँग नै अभद्र व्यबहार गरेका छन् । पीडित पक्षका अनुसार बलात्कारीलाई कार्वाही गराउन दिएको जाहेरी फिर्ता गर्दै जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले अभद्र व्यबहार गरेका हुन् ।
एसपीले गरेको व्यबहारको बिषयमा जानकारी दिन मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडितको तर्फबाट पहल गरिरहेकी पारालिगल बकधुवा गाउँ कमिटि अध्यक्ष कुसुम आचार्यले कहिल्यै भेट्न नमान्ने एसपी बस्नेतले सोमबार साँझ दर्ताका लागि दिइएको जाहेरी फिर्ता गरेको बताउनुभएको छ ।
२० दिन अगाडि दिएको जाहेरी दर्ता नगरी त्यसै फिर्ता गर्दै एसपीले ‘आइन्दा यस्तो कामका लागि यहाँ नआउनुस्’ भन्दै फर्काएको आचार्यको भनाई छ ।
‘अन्यायमा परेका महिला तथा बालबालिकालालाई न्याय दिलाउने निकायका प्रमुख नै यस्तो व्यबहार गरेपछि आफू त पीडित भए नै, बलात्कारमा परेकी बालिकाले समेत न्याय पाइनन’ आचार्यले भन्नुभयो, ‘‘पीडित पक्षलाई न्याय नदिलाएर उल्टै धम्क्याउँदै, क्षतिपूर्ती तिर्न भनेपछि पीडित परिवारले कहाँ न्याय पाउँछन ?’’
गत बैशाख २९ गते बकधुवा गाविसकी एक ७ बर्षीया बालिकालाई सोही ठाउँका १२ बर्षीय बालकले बलात्कार गरेका थिए । बालिकाका पिताले आफ्नै घरमा यस्तो कार्य गरेको देखेर ती बालकलाई झापड् हिर्काएका थिए ।
झापड् हिर्काएकै निहुँमा स्थानीय बासिन्दा र प्रहरी समेतले बालिकाका पितालाई थुन्दै कुटपिट वापत रु ३ हजार क्षतिपूर्ती तिर्न दवाव दिएका छन् ।
न्यायका लागि पहल गरिरहनुभएकी आचार्यले न्याय दिलाइदिन सबैसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा 
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान

छुटाउनुभयो कि ?