भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह

राजविराज राजविराज
|
बुधबार, जेठ १७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह

सारांश

  •     बुधवार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसीत कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
  • सीमा पारी भारतीय बजारहरुबाट तस्करहरुले किराना, श्रृंगार, फलफुल, रेडिमेड कपडा लगायतका विभिन्न सरसमान भन्सार छलेर ल्याउने र त्यस्ता अबैध सामान केही सिमित व्यापारीले खरिद गर्ने गरेको जानकारी आएपछी अध्यक्ष अग्रवालको यस्तो आग्रह गरे ।
  •       “सबै त्यस्ता छैनन, केही मात्र व्यापारीका कारण यस्तो भन्न बाध्य भएको हुं” उनले भने, “सस्तोमा किन्न पाईने लोभमा तस्करहरुबाट ल्याइएका अवैध मालसमान खरिद गर्दा भन्सार शुल्क तिरेर ल्याइएको सरसमान वेचविखन गर्ने व्यापारी मारमा परिरहेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।

    उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालबाबु अग्रवालले भन्सार छलेर ल्याइएका कुनै पनि मालसामानहरु खरीद नगर्न सप्तरीका ब्यापारीहरुलाई आग्रह गरेका छन् । 
    बुधवार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसीत कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सीमा पारी भारतीय बजारहरुबाट तस्करहरुले किराना, श्रृंगार, फलफुल, रेडिमेड कपडा लगायतका विभिन्न सरसमान भन्सार छलेर ल्याउने र त्यस्ता अबैध सामान केही सिमित व्यापारीले खरिद गर्ने गरेको जानकारी आएपछी अध्यक्ष अग्रवालको यस्तो आग्रह गरे । 
    “सबै त्यस्ता छैनन, केही मात्र व्यापारीका कारण यस्तो भन्न बाध्य भएको हुं” उनले भने, “सस्तोमा किन्न पाईने लोभमा तस्करहरुबाट ल्याइएका अवैध मालसमान खरिद गर्दा भन्सार शुल्क तिरेर ल्याइएको सरसमान वेचविखन गर्ने व्यापारी मारमा परिरहेका छन् ।”
    खुला सीमानाकाका कारण अवैध कारोवार मौलाउदै गएको भन्दै यसमा प्रहरी प्रशासनले कडाई र निगरानी नगर्दा यहाँको व्यापार व्यवसाय चौपट बन्दै गएको तथा भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको गुनासो समेत पोखे । 
    उनले भने “सप्तरीको व्यापार व्यवसाय फस्टाउन र भन्सारको राजश्व बृद्धिका लागी समेत नाकाहरुमा प्रहरी सकृयता बढाउनु जरुरी छ ।” आर्थिक मन्दी, बैंकको बढ्दो व्याजदर र करको बढ्दो दायरा लगायतका कारण पनि जिल्लाका उधोगी व्यवसायी मारमा परेको भन्दै सरकारले धराशायी बन्दै गएको व्यापार व्यवसाय क्षेत्रलाई उकास्न अविलम्ब उधोगी व्यवसायी मैत्री नीति ल्याउनु पर्ने माग समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
महादेवामा थप एक मतदान केन्द्रको माग 
महादेवामा थप एक मतदान केन्द्रको माग