दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार कुटपिट र लुटपिटका दुई महिलासहित पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लुटपिट घटनाका ललितादेवी साह र कुटपिट घटनाका शान्तिदेवी यादव छन् । दुबै जना एउटै वडाका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेताका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ३ निवासी शान्तिदेवी यादवलाई सप्तरी जिल्ला अदालतले कुटपिट मुद्दामा ५ सय तथा सोही वडा निवासी ललितादेवी साहलाई लुटपिट मुद्दामा ३ हजार ४ सय ३८ रुँपैया जरिवाना गरेको थियो ।
यस्तै विद्युत चोरी कसुर मुद्दाका फरार अभियुक्त सोही पालिकाको वडा नं. ९ बस्ने देवनारायण यादव, शिक्षा सम्बन्धी कसुर मुद्दाका राजगढ गाउँपालिका ५ फेकरा निवासी दिनेश कुमार साह र कुटपिट मुद्दाका तिरहुत गाउँपालिका त्रिकोलका अनुपलाल सुतिहार पनि पक्राउ परेका छन् ।
अदालतबाट उक्त मुद्दाहरुमा फैसला भई कैद तथा जरिवाना तोकिएपछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ । पक्राउ परेका पाँचै जनालाई सोमबार नै अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा लुटपिट घटनाका ललितादेवी साह र कुटपिट घटनाका शान्तिदेवी यादव छन् ।
- दुबै जना एउटै वडाका बासिन्दा हुन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेताका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ३ निवासी शान्तिदेवी यादवलाई सप्तरी जिल्ला अदालतले कुटपिट मुद्दामा ५ सय तथा सोही वडा निवासी ललितादेवी साहलाई लुटपिट मुद्दामा ३ हजार ४ सय ३८ रुँपैया जरिवाना गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया