दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार कुटपिट र लुटपिटका दुई महिलासहित पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लुटपिट घटनाका ललितादेवी साह र कुटपिट घटनाका शान्तिदेवी यादव छन् । दुबै जना एउटै वडाका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेताका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ३ निवासी शान्तिदेवी यादवलाई सप्तरी जिल्ला अदालतले कुटपिट मुद्दामा ५ सय तथा सोही वडा निवासी ललितादेवी साहलाई लुटपिट मुद्दामा ३ हजार ४ सय ३८ रुँपैया जरिवाना गरेको थियो ।
यस्तै विद्युत चोरी कसुर मुद्दाका फरार अभियुक्त सोही पालिकाको वडा नं. ९ बस्ने देवनारायण यादव, शिक्षा सम्बन्धी कसुर मुद्दाका राजगढ गाउँपालिका ५ फेकरा निवासी दिनेश कुमार साह र कुटपिट मुद्दाका तिरहुत गाउँपालिका त्रिकोलका अनुपलाल सुतिहार पनि पक्राउ परेका छन् ।
अदालतबाट उक्त मुद्दाहरुमा फैसला भई कैद तथा जरिवाना तोकिएपछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ । पक्राउ परेका पाँचै जनालाई सोमबार नै अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा लुटपिट घटनाका ललितादेवी साह र कुटपिट घटनाका शान्तिदेवी यादव छन् ।
- दुबै जना एउटै वडाका बासिन्दा हुन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेताका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ३ निवासी शान्तिदेवी यादवलाई सप्तरी जिल्ला अदालतले कुटपिट मुद्दामा ५ सय तथा सोही वडा निवासी ललितादेवी साहलाई लुटपिट मुद्दामा ३ हजार ४ सय ३८ रुँपैया जरिवाना गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया