दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरी यूथले मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ स्तरीय क्रिकेट टोलीमा सप्तरीका एक जना पनि खेलाडी नपरेको भन्दै टिमबारे पुर्नविचार गर्न माँग गरेको छ ।
सप्तरी यूथका अध्यक्ष श्रवण कुमार देवद्वारा सोमबार जारि विज्ञप्तिमा प्रदेश २ को आठ जिल्लामध्ये सप्तरी जिल्ला पनि क्रिकेटमा आफ्नो छुट्टै महत्व बनाएको भन्दै जिल्लाबाट अन्तर्राष्ट्रियस्तरको खेलमा किर्तिमानी कायम गर्ने युवा खेलाडी महबुब आलमलाई उत्पादन गरेको स्मरण समेत गराएको छ ।
प्रदेश २ को सरकारमा सप्तरीकै सामाजिक विकास मन्त्री भएपनि क्रिकेट टिम बनाउँदा सप्तरीकै खेलाडीलाई नपार्नु बिडम्बना हो भन्दै यस्ता कार्यको सप्तरी युथले विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।
१२ महिना नै क्रिकेटको गतिविधी गरिएपछि जिल्लामा राम्रैस्तरका खेलाडीहरु उत्पादन हुँदै आउँदा समेत बिभिन्न समयमा हुने जिल्ला र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताहरु जितेर सप्तरीले त्यो कुरा घाम झैं छर्लङ् पारिसकेको उल्लेख भएको जनाउँदै सप्तरीमै पहिलो पटक युवा महिलाहरुलाई क्रिकेट सम्बन्धी प्रशिक्षण दिदैं प्रतियोगितामा समावेश गराइएको छ ।
साथै विज्ञप्ति मार्फत बनाइएको क्रिकेट टिमबारे पुर्नविचार गरी सप्तरीका युवा खेलाडीहरुलाई पनि समावेश गर्न र सप्तरी यूथको माँगलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनु पर्ने सुझाव समेत दिएको छ ।
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
सारांश
- सप्तरी यूथका अध्यक्ष श्रवण कुमार देवद्वारा सोमबार जारि विज्ञप्तिमा प्रदेश २ को आठ जिल्लामध्ये सप्तरी जिल्ला पनि क्रिकेटमा आफ्नो छुट्टै महत्व बनाएको भन्दै जिल्लाबाट अन्तर्राष्ट्रियस्तरको खेलमा किर्तिमानी कायम गर्ने युवा खेलाडी महबुब आलमलाई उत्पादन गरेको स्मरण समेत गराएको छ ।
- प्रदेश २ को सरकारमा सप्तरीकै सामाजिक विकास मन्त्री भएपनि क्रिकेट टिम बनाउँदा सप्तरीकै खेलाडीलाई नपार्नु बिडम्बना हो भन्दै यस्ता कार्यको सप्तरी युथले विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।
- १२ महिना नै क्रिकेटको गतिविधी गरिएपछि जिल्लामा राम्रैस्तरका खेलाडीहरु उत्पादन हुँदै आउँदा समेत बिभिन्न समयमा हुने जिल्ला र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताहरु जितेर सप्तरीले त्यो कुरा घाम झैं छर्लङ् पारिसकेको उल्लेख भएको जनाउँदै सप्तरीमै पहिलो पटक युवा महिलाहरुलाई क्रिकेट सम्बन्धी प्रशिक्षण दिदैं प्रतियोगितामा समावेश गराइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया