दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बालबालिकाका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो तालिम संचालनमा ल्याइएको हो ।
बालवालिकाहरु स्वयंमले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न सकोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको सो शाखाले जनाएको छ ।
उक्त तालिमले बाालबालिकाहरु आफ्नो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन समेत योगदान दिने विश्वास गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
कुनै पनि खालको विपद्मा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात् बालबालिकाले आफ्नो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई लक्षित गरि तालिमको आयोजना गरिएको उनले बताए ।
उक्त तालिममा गाउँपालिका स्तरीय बाल क्लब, सञ्जाल तथा वडा बाल क्लबका प्रतिनिधिहरु गरी ४२ जनाको सहभागिता रहेको छ ।
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
सारांश
- युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो तालिम संचालनमा ल्याइएको हो ।
- बालवालिकाहरु स्वयंमले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न सकोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको सो शाखाले जनाएको छ ।
- उक्त तालिमले बाालबालिकाहरु आफ्नो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन समेत योगदान दिने विश्वास गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया