सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख

राजविराज राजविराज
|
शनिबार, भाद्र २३, २०८०
|
|
७७ पटक हेरिएको
Shares
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख

सारांश

  •     जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।
  •     राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेकी छिन ।
  •       राजविराजकी कार्यवाहक प्रमुख इसरत परवीन र बोदेबर्साइनकी कार्यवाहक प्रमुख रेणु कुमारी साह जसपाबाट गत निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी हुन् भने विष्णुपुरकी कार्यवाहक प्रमुख रेणु कुमारी यादव नेपाली काँग्रेसबाट उपाध्यक्षमा जितेकी हुन् ।

    राजविराज÷सप्तरीको पाँच पालिका अहिले महिलाले नै हाक्दै आएकी छिन् । जसमध्ये चार पालिकमा महिलाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् भने एक पालिकामा पहिलेदेखी नै प्रमुख पदमा महिला नै छिन् । 
    ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित तथा एक पालिकामा महिला प्रमुखमै निर्वाचित भएका थिए ।      
    प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् । 
    जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।
    राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेकी छिन । 
    राजविराजकी कार्यवाहक प्रमुख इसरत परवीन र बोदेबर्साइनकी कार्यवाहक प्रमुख रेणु कुमारी साह जसपाबाट गत निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी हुन् भने विष्णुपुरकी कार्यवाहक प्रमुख रेणु कुमारी यादव नेपाली काँग्रेसबाट उपाध्यक्षमा जितेकी हुन् । त्यस्तै शम्भुनाथ नगरपालिकाकी कार्यवाहक प्रमुख अनिता कुमारी चौधरी नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि हुन् ।  
    नगरप्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछी ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाहरुले पाएकी छिन् भने जिल्लाको सुरुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट टिकट पाएर गिता चौधरी निर्वाचित भएकी हुन् । 
    राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनी तिनै जना अख्तियारको कारवाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुख विहीन बनेको छ । 
    यस्तै जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता पनि अख्तियारको कारवाहीका कारण निलम्बनमा परेपछी ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ । 
    सप्तरीको १८ पालिका मध्ये गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको थियो । यस्तै जसपा, लोसपा र नेकपा एमालेले ३÷३, जनमतले २ तथा नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादीले १÷१ प्रमुख पदमा जित हात पारेको थियो ।  
    यसअघि २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ मध्ये ५÷५ पालिका नेपाली काँग्रेस, जसपा र लोसपाले जितेको थियो भने २ पालिकामा नेकपा एमाले र एउटा पालिकामा नयाँ शक्ति पार्टी बिजयी भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको निधन
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु