भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  •     संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शुक्रबार बिहान घोषित परिणाम अनुसार अध्यक्ष पदका प्रत्याशी भीमराज केदार प्रसाद यादवसँग १५ भोट अन्तरले पराजित हुन पुगेका हुन् ।
  •     अध्यक्ष पदमा निर्वाचित केदार यादवले ३४ मत प्राप्त गरेका छन् भने निकटत्म प्रतिद्वन्द्वी भीमराज यादवले १९ मत प्राप्त गरे ।
  • अन्तिमक्षण सम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरिएको तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
    राजविराज नगरपालिकाको मेयर पदमा १५ भोटले पराजित भीमराज यादव पार्टीको जिल्लाकार्य समिति निर्वाचनमा पनि १५ भोटले नै पराजित हुन पुगेका छन् । भीमराजको राजनैतिक यात्राका क्रममा यो अंक दोश्रो पटक दोहोरिएको हो ।
    संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शुक्रबार बिहान घोषित परिणाम अनुसार अध्यक्ष पदका प्रत्याशी भीमराज केदार प्रसाद यादवसँग १५ भोट अन्तरले पराजित हुन पुगेका हुन् ।
    अध्यक्ष पदमा निर्वाचित केदार यादवले ३४ मत प्राप्त गरेका छन् भने निकटत्म प्रतिद्वन्द्वी भीमराज यादवले १९ मत प्राप्त गरे । अन्तिमक्षण सम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरिएको तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले बताए । 
    भीमराज यसअघि गत स्थानिय निर्वाचनमा पनि राजपाका शम्भु प्रसाद यादवसँग १५ भोटकै अन्तरले पराजित भएका थिए । फोरमका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजविराज ९ भीमराजले त्यतिबेला ४ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए । मेयर पदमा निर्वाचित राजपाका शम्भु प्रसाद यादवले ४ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । 
    प्रतिस्पर्धीसँग पटक पटक १५ मतको अन्तरले पराजित हुने गरेका भीमराज भन्छन्, “जनता र पार्टीका मित्रहरुले त सहयोग गरेकै हुन् । तर, भाग्यले साथ दिएको छैन् ।” उनले पटक पटक १५ मतको झिनो अन्तरले पराजित हुनु “ग्रहदशा” को दोष भएको भन्दै उक्त नतिजाबाट मतदाता पनि दुःखी हुने गरेको सुनाए । 
    “राजनीतिमा हार–जित स्वभाविक हो । तर, १५ मतकै चक्करले आफू पीडित हुने गरेको बताउँदै उनले भने, “अब भावी दिनमा हुने निर्वाचनमा शुभसाइत हेराएर अघि बढ्नु पर्ला ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित