दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
राजविराजस्थित बालाजी डेन्टल क्लिनिक प्रालिले बिहीबार आफ्नो वार्षिकोत्सव मनाएको छ ।
स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छुटसहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाएको हो ।
क्लिनिकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिलकुमार झा छन् । यस्तै पत्रकारिताको माध्यमले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याए वापत नेपाल पत्रकार महासंघ सप्तरीक अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, सहसचिव चन्दनकुमार यादव, सदस्य विद्ययानन्द राम, मनोजकुमार माझी समेत सम्मानित भएका छन् ।
प्रालीका संचालक डा. विवेककुमार झाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको छ ।
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट
सारांश
- स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छुटसहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाएको हो ।
- क्लिनिकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
- सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिलकुमार झा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया