दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि एउटा मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् । उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
“म यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहेको नाताले यस पालिकाको विकासका लागि हरसम्भव प्रयत्नरत रहने छु ।” उनले भने, “बिकासिय कार्य तथा योजनाहरु सानो सानो रुपमा हरेक वडा स्तरबाट संचालन भइरहेकोले नगर क्षेत्रलाइ सौन्दर्यकरण गर्न र सम्पुर्ण वडालाई एक साथ बिकासको बाटोतर्फ डो¥याउन एउटा मास्टर प्लानको तहत बृहत् योजना बनाइ अगाडि बढाउनु पर्छ ।”
सप्तरी क्षेत्र नं. २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले यस्ता बृहत मास्टर प्लानका लागि आफ्नो पनि सहयोग रहने र जसरी भए पनि नगरपालिका क्षेत्र भित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, योजना शाखा प्रमुख तथा १६ वटै वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
नगरको विकासका लागि मास्टर प्लान आवश्यक ः प्रदेशसभा सदस्य यादव
सारांश
- शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् ।
- उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
- उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया