ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
१०२ पटक हेरिएको
Shares
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”

सारांश

  •     जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन ।
  • तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् ।
  •       तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    प्रतिनीधसभा क्षेत्र नं.४ मा नेपाली काँग्रेसका नेता ६५ वर्षिय तेजुलाल चौधरी जीतको ह्याट्रिक लगाउने पहिलो नेता बनेका हुन् । 
    जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन । तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् । 
    तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे । चौधरीले २३ हजार ४ सय ९१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रहेका यादवले १७ हजार ९ सय ७७ मत ल्याए । 
    पहिलो पटक चौधरी २०७० सालको संसदिय निर्वाचनमा विजयी भएका थिए । दोश्रो पटक २०७४ सालको निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट भारी मतले विजयी भएका थिए । उनले सत्तारुढ गठबन्धनलाई टुटाउन विभिन्न खाले षडयन्त्र भइरहेको बताउँदै भने “गठबन्धन कुनै हालतमा टुटदैन र तोडन पनि हुदैन ।”
    उनले अब बन्ने सरकारले लोकतन्त्रको हित, विधीको शासन, संविधानको रक्षा र विकासलाई उच्च प्राथमिक्तामा राखेर अघि बढ्ने विश्वास समेत ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
खडक बालविवाह मुक्त पालिका 
खडक बालविवाह मुक्त पालिका 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु