ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”

सारांश

  •     जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन ।
  • तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् ।
  •       तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    प्रतिनीधसभा क्षेत्र नं.४ मा नेपाली काँग्रेसका नेता ६५ वर्षिय तेजुलाल चौधरी जीतको ह्याट्रिक लगाउने पहिलो नेता बनेका हुन् । 
    जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन । तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् । 
    तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे । चौधरीले २३ हजार ४ सय ९१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रहेका यादवले १७ हजार ९ सय ७७ मत ल्याए । 
    पहिलो पटक चौधरी २०७० सालको संसदिय निर्वाचनमा विजयी भएका थिए । दोश्रो पटक २०७४ सालको निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट भारी मतले विजयी भएका थिए । उनले सत्तारुढ गठबन्धनलाई टुटाउन विभिन्न खाले षडयन्त्र भइरहेको बताउँदै भने “गठबन्धन कुनै हालतमा टुटदैन र तोडन पनि हुदैन ।”
    उनले अब बन्ने सरकारले लोकतन्त्रको हित, विधीको शासन, संविधानको रक्षा र विकासलाई उच्च प्राथमिक्तामा राखेर अघि बढ्ने विश्वास समेत ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ