प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
७० पटक हेरिएको
Shares
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
  •     प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
  • पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 

    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १ मा प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय मिथुन कुमार चौधरी रहेका छन् ।
    प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । पक्राउ परेका तीनैजना उपर कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।
    बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका १ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आफुलाई आएपछि प्रहरीलाई खवर गरेको वडा अध्यक्ष जिवछ साहले बताए ।
    घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुबाट प्रहरीमाथि नै हातपात र गिट्टी र ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।
    घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका हुन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ भने र रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
ससुराली घरमा विष सेवन गरि आत्महत्या
ससुराली घरमा विष सेवन गरि आत्महत्या
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन