दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
ससुराली घर आएको बेला एक युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर वस्ने २७ वर्षिय विशाल सदाले शुक्रवार आत्महत्या गरेका हुन् ।
ससुराली घर सोही नगरपालिका वडा नंं ३ गिदखोरा पुगेका वेला भएको खटपटका कारण आवेश आएर उनले विष सेवन गरेको स्थानीयले बताएका छन् ।
सदाले “सेल्फस” नामक विषादी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । विष सेवनबाट वेहोस भएका उनलाई तत्कालै भारदह अस्पताल पु¥याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछी धरान स्थित विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचार कै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिहले ससुरालीमा आएर विष सेवन गरेको खुले पनि कारण भने खु्ल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।
ससुराली घरमा विष सेवन गरि आत्महत्या
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर वस्ने २७ वर्षिय विशाल सदाले शुक्रवार आत्महत्या गरेका हुन् ।
- ससुराली घर सोही नगरपालिका वडा नंं ३ गिदखोरा पुगेका वेला भएको खटपटका कारण आवेश आएर उनले विष सेवन गरेको स्थानीयले बताएका छन् ।
- सदाले “सेल्फस” नामक विषादी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया