राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सारांश

  •     जिल्ला अदालत कैलालीले राजपाबाट निर्वाचित सांसद रेशमललाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो ।
  •     बैठकबाट राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं.
  • १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ’ उल्लेख गरिएको छ ।

दैनिक समाचारदाता
काठमाडौं, २२ फागुन । 
    राजपाका सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला गरेपछि बुधबारै राजपा नेपालको बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
    जिल्ला अदालत कैलालीले राजपाबाट निर्वाचित सांसद रेशमललाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो ।
    बैठकबाट राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ’ उल्लेख गरिएको छ ।
    दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दीहरुको रिहाई नगरेको, उनीहरुमाथी लगाईएका झुट्टा मुद्दा फिर्ता नलिएको, घाईतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीना एवं बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्तको लगायतको बलात्कारी र हत्यारालाई कार्रवाही नगरेको आरोप राजपा नेपालको छ ।
    साथै, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलिय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने र समग्रमा सरकारको एक वर्षे कार्यकाल पूर्णतः असफल रहेको राजपाको ठहर छ ।
    त्यसर्थ सरकारलाई समर्थन दिईरहनुको औचित्य नरहेकोले राजपा नेपालले के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गरेको छ ।
    शोषण, उत्पीडन र बिभेदका बिरुद्ध, पहिचान, अधिकार र सम्मानका लागी संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समुहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपालले आह्वान गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
आगलागिमा झण्डै १४ लाख  बराबरको धनमाल क्षति
आगलागिमा झण्डै १४ लाख  बराबरको धनमाल क्षति

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु