जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 

राजविराज राजविराज
|
शनिबार, आषाढ ७, २०७६
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  •     जेठ ७ गतेदेखी लगाइएको ताला खोलाउने तर्फ कसैले चासो नदेखाएपछि तालाबन्दी लम्बिदै गएको हो ।
  • २०७१ सालदेखीको आय–व्यय सार्वजनिक नगरेको, विभिन्न प्रतियोगिता तथा पूर्वाधार निमार्णका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको तथा समितिको बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वय नगर्न कार्यालय प्रमुख दिनेश भुजेलले आलटाल गरेको भन्दै समितिकै उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाइमा समितिमा तालाबन्दी गरिएको हो ।
  •     यस अवधिमा दुवै पक्षबीच एक पल्ट भएको छलफलमा कुनै निष्कर्श निस्कन नसकेछि अर्को छलफलको प्रयास कसैबाट भएको छैन ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीमा विगत एक महिनादेखी लगाइएको ताला खुल्न नसक्दा फाँटफुट हुने गरेको खेलकुद गतिविधि ठप्प भएको । बिहीबार ताला लगाइएको एक महिना पुगेको छ ।
    जेठ ७ गतेदेखी लगाइएको ताला खोलाउने तर्फ कसैले चासो नदेखाएपछि तालाबन्दी लम्बिदै गएको हो । २०७१ सालदेखीको आय–व्यय सार्वजनिक नगरेको, विभिन्न प्रतियोगिता तथा पूर्वाधार निमार्णका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको तथा समितिको बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वय नगर्न कार्यालय प्रमुख दिनेश भुजेलले आलटाल गरेको भन्दै समितिकै उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु र कोषाध्यक्ष राजेश चौधरीको अगुवाइमा समितिमा तालाबन्दी गरिएको हो ।
    यस अवधिमा दुवै पक्षबीच एक पल्ट भएको छलफलमा कुनै निष्कर्श निस्कन नसकेछि अर्को छलफलको प्रयास कसैबाट भएको छैन । यसरी जिम्मेबार व्यक्तीहरुले चासो नदेखाउँदा खेलकुद गतिविधी ठप्प भई खेलाडीहरुमा निराशा छाएको छ । 
    यता कार्यालय प्रमुख दिनेश भुजेलले समितिको अध्यक्ष अमर खवासको समेत हस्ताक्षरमा खाता संचालन गर्न खोज्दा समितिका उपाध्यक्षसहितको केहि पदाधिकारीले विरोध जनाउदै कार्यालय प्रमूख र कोषाध्यक्षको नाममा मात्र खाता संचालन गर्न दवाब दिएकोले समस्या समाधान हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?