खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …

राजविराज राजविराज
|
बिहिबार, माघ ३, २०८१
|
|
८४ पटक हेरिएको
Shares
खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …

सारांश

  •     प्रहरीका अनुसार तीन दिन अघि डुबेर मृत्यु भएको बालिकाको गाडीएको शव क्षतविक्षत अवस्थामा भेटिएको हो ।
  •       घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा तीन दिन अघि पुस २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका ५ कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी दुई वर्षिया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई तिलाठी कोइलाडी गाउँपालिकास्थित मामा घर आएकी बेला ती बालिका साथीहरुसँग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन ।

दैनिक समाचारदाता
राजविराज, ३ माघ ।

    राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवा टोलस्थित खाँडो नदीमा बिहीबार बिहान एक दुई वर्षिया बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । 
    प्रहरीका अनुसार तीन दिन अघि डुबेर मृत्यु भएको बालिकाको गाडीएको शव क्षतविक्षत अवस्थामा भेटिएको हो । 
    घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा तीन दिन अघि पुस २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका ५ कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी दुई वर्षिया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई तिलाठी कोइलाडी गाउँपालिकास्थित मामा घर आएकी बेला ती बालिका साथीहरुसँग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन । उपचारका लागी अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो । 
    पोस्टमार्टम पश्चात उनका आफन्तजनले उक्त टोल नजिकै रहेको खाँडो खोलाको किनारमा शव गाडेका थिए । तर गहिरो खाडल नखनी गाडेपछि स्याल र कुकुर लगायतका जनावरले शव बाहिर निकालेको प्रहरीको भनाई छ ।    
    शरीरका कतिपय अंग जनावरले खाईसकेको अवस्थामा फेला परेको र सो शव तीन दिन अघि डुबेर मृत्यु भएकी साक्षी कै हो भनी पुष्टी भईसकेपछी पुनः सोही स्थानमा गहिरो खाडल खनेर अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?