दैनिक समाचारदाता
राजविराज, २० पुस ।
सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित राजरंगशाला मर्मत सम्भारको पर्खाईमा रहेको बेला जिल्लाको कंचनरुप नगरपालिकामा पुनः एक नयाँ रंगशाला निर्माणको खबरले सो भेगका जनताहरुमा खुशीयाली छाएको छ भने सगरमाथा अंचलकै एक मात्र रंगशाला राजविराजस्थित राजरंगशालाको अवस्था वेहाल हुँदा यहाँका खेलप्रेमीमा निराशा छाएको छ ।
राजविराजको मुटुमा रहेको राजरंगशाला बि.स. २०३६ सालमा निर्माण भएको हो । सगरमाथा अञ्चलकै एक मात्र पुरानो राजरंगशाला आवश्यक मरम्मत सम्भारको अभावमा विगत दुई दशकदेखी जीर्ण अवस्थामा रहेको छ । जोखिमपूर्ण र वेहाल अवस्थामा हुदा पनि यस तर्फ युवा तथा खेलकुद मन्त्रालयले कुनै चासो नदेखाउनु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।
खेलकुदको विकासको लागि नयाँ नयाँ पूर्वाधार निर्माण कार्य अघि बढाउनु जिल्लाको समग्र विकासका लागि राम्रो कुरा हो तर, भएको पुरानो र जोखिमपूर्ण संरचनालाई मरम्मत सम्भार नगरी वेवास्ता गरिनु राम्रो मान्न सकिन्न ।
राजविराजको ईज्जत र प्रतिष्ठासँग जोडिएको एक मात्र ऐतिहासिक रंगशाला जोखिम पूर्ण र वेहाल अवस्थामा रहेकाले यसको मरम्मत र सम्भारमा कुनै सरकारले ध्यान दिन सकेको छैन् । विगतमा रंगशाला मरम्मत सम्भारका लागि आएको बजेटको समेत दुरुपयोग भएको छ ।
तीन वर्ष अघि सो रंगशालामा झण्डै ४० लाख बराबरको माटो हालिएको थियो । तर, अवस्था सुध्रिनु भन्दा झनै बिग्रिदै गएको छ । यस्तै गत वर्ष मात्र प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको ९० लाख रुँपैयाको बजेटले रंगशालामा खेलाडीहरुका लागि भन्दै एउटा ड्रेसिङ रुम बनाइएको छ भने सोही रकमले बिजुली बत्तिमा जडान गरिएको छ । तर त्यसको कुनै अर्थ छैन् । कीन रंगशाला आफै जिर्ण भएको बेला त्यसमा बिजुली बत्ति जडान गर्नुको अर्थ हुँदैन् । यसका लागि पहिला ग्राउण्डको लेभलिङ, प्याराफिट, ढोका तथा कम्पाउण्ड वाल आवश्यक हुन्छ ।
सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिट ठाउँठाउँमा भत्केर कुनै वेलापनि दुर्घटनामा पर्ने प्रवल सम्भावना रहेको छ । यतिमा होईन । रंगशालाको प्यारापिट मुनि वर्षौ देखि विभिन्न व्यक्तिले कब्जागरेर बसोबास गरिरहेका छन् । प्यारापिट अतिक्रमण भएकाले मैदानमा दिसा पिसाव गर्ने, गाई बस्तु चराउने र पर्खालका ईटा उखालेर लैजाने लगायतका समस्या पनि थपिएका छन् ।
राजरंगशालाको स्तोरन्नती योजना लिएर पटक पटक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समक्ष बजेटको मागं गरेको भएपनि हाल सम्म केही नपाईएकोले दुई बिघा ७ कठ्ठा ४ घुर क्षेत्रफल ओगटेको राजरंगशाला अहिलेसम्म लथालिङ रहेको जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र वर्मा धिरुको भनाई छ ।
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक तथा पुरानो रंगशालाको हाल वेहाल
सारांश
- राजविराजको मुटुमा रहेको राजरंगशाला बि.
- स.
- २०३६ सालमा निर्माण भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया