दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सगरमाथा आँखा अस्पताल प्रा.लि.ले आधुनिक ओसिटि (अप्टिकलको हरेन्सटोपोग्राफी) मेशिनबाट आँखाको उपचार बिधी सुरु गरेको छ ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.आशिषराज पन्तद्वारा जारि विज्ञप्तिमा आँखाको भित्रि भागको स्क्यान गरि पूर्णकालिन रुपमा उपचार गर्ने बिधीको सुरुवात गरिएको उल्लेख छ ।
अत्याधुनिक ओसिटिमेशिन बाट आँखाको एन्टेरियर तथा पोष्टेरियर भागको परीक्षण स्क्यान कार्य सफलतापूर्वक सम्पन्न भई पूर्णरुपमा उपचारमा ल्याइएको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अस्पतालका अनुसार सप्तरी जिल्लामा यो मेशिन पहिलो पटक सगरमाथा आँखा अस्पतालमा जडान गरिएको दाबी गरिएको छ ।
यस बिधीले आँखामा ग्लुकोमा, कोनिर्या तथा रेटिनाको विरामीको समस्या पत्ता लगाउन ओसिटि मेशिनबाट स्क्यान गरी रोगको बारे पहिचान गर्न मद्दत पुर्याउँछ ।
डा. पन्तका अनुसार वर्तमान समयमा हामी मोबाईल, टिभि, ल्यापटपलगायतका डिजिटल सामग्रीसंग जतिघनिष्ट सम्बन्ध बनाउँदै जान्छौ त्यति नै आँखामा समस्या आउने हुन्छ । जसले गर्दा विरामीको नजिक तथा टाढाको वस्तु हेर्न समस्या आउनजान्छ । जसलाई मायोपिया भन्ने गरिन्छ ।
पूर्णरुपमा मेशिन सञ्चालनमा आएसंगै अब अस्पतालबाट सेवा लिन आउने विरामीलाई बाहिर जानु पर्ने बाध्यता समेत हटेको छ भने अन्य जिल्लाका बिरामीले समेत सजिलै सर्वसुलभ दरमा सेवा लिन सक्ने अस्पतालका प्रबन्धक अफाक अनवरले बताए ।
आउँदो केही वर्षमा यस्ता विरामीको संख्या संसारमै दोब्बर हुने अनुमान विभिन्न आँखाको रिसर्चले देखाएको छ । मायोपिया अवस्थालाई समयमै पत्ता लगाई यसको निदानका लागि हालसम्म कै अत्याधुनिक मेशिन मायोपिया प्रोगेसिभ हैन्डविथ पैचिमेट्री पनि अस्पतालले ओसिटि सँग सँगै जडान गरेको छ ।
यसको प्रयोगबाट राजविराज आसपासका विरामी विशेषगरी बालिवालिकाको आँखामा देखापर्ने यस्ता रोग समयमै पत्ता लगाई उपचार गर्न सकिन्छ ।
यसरी स्थापनाको केही महिनामै अस्पतालले विरामीका लागि विभिन्न खाले अत्याधुनिक मेशिन जडान गरी सहुलियत दरमा गुणस्तरीय सेवा प्रवाह गर्नु सप्तरीवासीको लागि हर्षको कुरा हो । अहिले अस्पतालले दैनिक सरदर एक सयभन्दा वढी विरामीको आँखा परीक्षण गर्न सफल भएको छ । यस्तै अस्पतालले छिटै आँखाको नानीको प्रत्यारोपण सेवा समेत सुचारु गर्ने तयारी गरेको छ ।
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
सारांश
- अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.
- आशिषराज पन्तद्वारा जारि विज्ञप्तिमा आँखाको भित्रि भागको स्क्यान गरि पूर्णकालिन रुपमा उपचार गर्ने बिधीको सुरुवात गरिएको उल्लेख छ ।
- अत्याधुनिक ओसिटिमेशिन बाट आँखाको एन्टेरियर तथा पोष्टेरियर भागको परीक्षण स्क्यान कार्य सफलतापूर्वक सम्पन्न भई पूर्णरुपमा उपचारमा ल्याइएको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया