२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
३० पटक हेरिएको
Shares
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई

सारांश

  •     पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।
  • पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित एक समारोहबीच प्रमुख अतिथी प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकार यादवलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
  •       पत्रकार यादव राजविराजबाट प्रकाशित हुने पुर्व प्रभात पत्रिकाका प्रकाशक एवं सम्पादक हुन्् ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।

    २७औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार बिन्दु यादव सम्मानित भएका छन् । पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरीएको उक्त पुरस्कारबाट मंगलवार पत्रकार यादव सम्मानित भएका हुन् ।
    पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ । पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित एक समारोहबीच प्रमुख अतिथी प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकार यादवलाई उक्त सम्मान प्रदान गरेका हुन् । 
    पत्रकार यादव राजविराजबाट प्रकाशित हुने पुर्व प्रभात पत्रिकाका प्रकाशक एवं सम्पादक हुन्् । विगत दुई दशक देखी पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको पुरस्कार छनौट समितीका संयोजक विष्णु मण्डलले बताए । 
पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा उक्त समारोह आयोजना गरिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?