तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान

राजविराज राजविराज
|
बुधबार, श्रावण २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
तीन जिल्ला न्यायाधिशलाई बिदाई तथा सम्मान

सारांश

  •     जिल्ला न्यायाधिशत्रय हरिशचन्द्र ढुंगाना, कमल प्रसाद ज्ञवाली र दण्डपानी लामिछानेको सरुवा भएपछि बारले एक कार्यक्रमबीच उनीहरुलाई बिदाईका साथ सम्मान गरेको हो ।
  •       जिल्ला बारको भवनमा आयोजित कार्यक्रममा सरुवा भएका न्यायाधिश हरिशचन्द्र ढुंगानाले जागिर अवधीको सप्तरी बसाईका क्रममा न्याय सम्पादनमा केन्द्रित भएर आफूहरुले काम गरेको बताउँदै न्यायपालिकाप्रति अहिले जनआस्था बढेको दाबी गरे ।
  •       उनले आफ्नो कार्यकालमा न्यायसम्पादनलाई चुस्तदुरुस्त र पारदर्शी गर्न सक्दो प्रयास गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन । 
    सप्तरी जिल्ला बार इकाई राजविराजले जिल्ला अदालतका तीन जना न्यायाधिशलाई मंगलबार बिदाई तथा सम्मान गरेको छ । 
    जिल्ला न्यायाधिशत्रय हरिशचन्द्र ढुंगाना, कमल प्रसाद ज्ञवाली र दण्डपानी लामिछानेको सरुवा भएपछि बारले एक कार्यक्रमबीच उनीहरुलाई बिदाईका साथ सम्मान गरेको हो । 
    जिल्ला बारको भवनमा आयोजित कार्यक्रममा सरुवा भएका न्यायाधिश हरिशचन्द्र ढुंगानाले जागिर अवधीको सप्तरी बसाईका क्रममा न्याय सम्पादनमा केन्द्रित भएर आफूहरुले काम गरेको बताउँदै न्यायपालिकाप्रति अहिले जनआस्था बढेको दाबी गरे । 
    उनले आफ्नो कार्यकालमा न्यायसम्पादनलाई चुस्तदुरुस्त र पारदर्शी गर्न सक्दो प्रयास गरेको बताए । 
    आयोजित जिल्ला कार्यक्रममा न्यायाधिशहरुले निष्पक्ष न्याय सम्पादन कार्यमा छिटोछरितो तथा बिना भेद्भाव जनतालाई न्याय दिलाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको जिल्ला बार ईकाई अध्यक्ष डोमन साहले बताए ।
    बारका अध्यक्ष साहको अध्यक्षतमा आयोजित कार्यक्रममा अधिबक्ताहरु कृपानारायण यादब, सुरेन्द्र प्रसाद यादब, रामकुमार यादब, ग्रीषचन्द्र झा, भुपेन्द्र नारायण मण्डल, महेश्वर साह, केशव दास, उच्च अदालत बार इकाईका अध्यक्ष रामानन्द साह, लगायतले न्यायमा जनताको पहँुच अभिबृद्वीसँगै अदालतको कार्यक्षेत्रका न्यायमा पहुँचका अबरोधहरूको संबोधन गर्नुको साथै अदालतवाट प्रभाव हुने सेवालाई गुणस्तरिय र प्रभाबकारी बनाउनु अहिले आबश्यकता रहेको बताए ।
    सो अवसरमा न्यायाधिशत्रयलाई जिल्ला बारका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान समेत गरे । 
    यसअघि न्यायाधिश श्रीप्रसाद संजेल समेतलाई बारले बिदाई तथा सम्मान गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले