हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन

राजविराज राजविराज
|
बुधबार, चैत्र २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन

सारांश

  •     आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ३० जनाले ज्यान गुमाउनु परेको थियो ।
  • सोही घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्थानिय जनआन्दोलन चौकमा श्रद्धाञ्जली सभा गर्दै दिप प्रज्वलन गरिएको हो ।
  •       राष्ट्रिय विद्यार्थी संघ सप्तरी र नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव, राजविराज नगरप्रमुख शम्भू प्रसाद यादव, प्रदेश नं.

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
    बारा पर्सामा आएको महाबिनासकारी हावाहुरीमा ज्यान गुमाएका प्रति मंगलबार साँझ राजविराजमा श्रद्वाञ्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरिएको छ । 
    आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ३० जनाले ज्यान गुमाउनु परेको थियो । सोही घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्थानिय जनआन्दोलन चौकमा श्रद्धाञ्जली सभा गर्दै दिप प्रज्वलन गरिएको हो । 
    राष्ट्रिय विद्यार्थी संघ सप्तरी र नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव, राजविराज नगरप्रमुख शम्भू प्रसाद यादव, प्रदेश नं. २ का शिक्षा कार्यदल सदस्य संतोष कुमार चमन, नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, राष्ट्रीय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, कोषाध्यक्ष नरेश कुमार यादव, संघका नेताहरू महेश कुमार यादव, रंजीत कुमार यादव, सुनिल राज दास, विकास कुमार मंडल, कुन्दन कुमार मंडल, मनिष कुमार दास लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?