दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बारा पर्सामा आएको महाबिनासकारी हावाहुरीमा ज्यान गुमाएका प्रति मंगलबार साँझ राजविराजमा श्रद्वाञ्जली सभाको आयोजना गर्दै दिप प्रज्वलन गरिएको छ ।
आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ३० जनाले ज्यान गुमाउनु परेको थियो । सोही घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्थानिय जनआन्दोलन चौकमा श्रद्धाञ्जली सभा गर्दै दिप प्रज्वलन गरिएको हो ।
राष्ट्रिय विद्यार्थी संघ सप्तरी र नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव, राजविराज नगरप्रमुख शम्भू प्रसाद यादव, प्रदेश नं. २ का शिक्षा कार्यदल सदस्य संतोष कुमार चमन, नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, राष्ट्रीय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, कोषाध्यक्ष नरेश कुमार यादव, संघका नेताहरू महेश कुमार यादव, रंजीत कुमार यादव, सुनिल राज दास, विकास कुमार मंडल, कुन्दन कुमार मंडल, मनिष कुमार दास लगायतको सहभागीता थियो ।
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
सारांश
- आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ३० जनाले ज्यान गुमाउनु परेको थियो ।
- सोही घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा स्थानिय जनआन्दोलन चौकमा श्रद्धाञ्जली सभा गर्दै दिप प्रज्वलन गरिएको हो ।
- राष्ट्रिय विद्यार्थी संघ सप्तरी र नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा आयोजित श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव, राजविराज नगरप्रमुख शम्भू प्रसाद यादव, प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया