अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 

सारांश

  •     बिहीबार राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्यामराको तार काटिएको अवस्थामा भेटिएको हो ।
  •       राजबिराज नगरपालिका रोडसहित बजारको विभिन्न ठाँउमा जडान गरिएको उक्त क्यामराहरुको तार काटिएको पाइएकोले त्यसलाई निगरानीका लागि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्ना गस्ती टोलीलाई क्यामरा निगरानी गर्न कडा निर्देशन दिएको उनले बताइन् ।
  •       नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।     

    राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रको सुरक्षालाई मध्यनजर गर्दै गत वर्ष मुख्य बजार क्षेत्रमा जडान गरेको सिसि क्यामराको तार काटिएको अवस्थामा भेटाएको छ । 
    बिहीबार राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्यामराको तार काटिएको अवस्थामा भेटिएको हो । 
    राजबिराज नगरपालिका रोडसहित बजारको विभिन्न ठाँउमा जडान गरिएको उक्त क्यामराहरुको तार काटिएको पाइएकोले त्यसलाई निगरानीका लागि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्ना गस्ती टोलीलाई क्यामरा निगरानी गर्न कडा निर्देशन दिएको उनले बताइन् । 
    नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
    गत आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको थियो । 
    एक साता अघि मात्र अस्पतालका एक कर्मचारीको शव नगरपालिका कार्यालय छेउमै रहेको जिल्ला खेलकुद विकास समितिको परिसरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । 
    सिसि क्यामरामा उक्त घटना सम्बन्धी कुनै प्रमाण नभेटिएपछि नगरपालिकाले लाखौंको बजेटमा जडान गरेको उक्त क्यामराप्रति नगरपालिकाले निकै आलोचना खेप्नु परेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह