शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन

राजविराज राजविराज
|
बुधबार, जेठ ७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन

सारांश

  •     प्याव्सन सप्तरी अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन सप्तरी अध्यक्ष नरेशप्रताप साहले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै जिल्लामा अनुमति नै नलिई र अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गराएर नीजि विद्यालयहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
  •       “विद्यार्थी भर्ना गर्दा आइमिस भर्नुपर्ने हुन्छ ।
  • तर, अनुमति नपाएर संचालनमा रहेका विद्यालयहरुले आफ्नोमा अध्यापन गराई अन्यमा विद्यार्थीहरुको आइमिस भर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    सप्तरी जिल्लामा शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै प्याव्सन र एन प्याव्सन सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ । 
    प्याव्सन सप्तरी अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन सप्तरी अध्यक्ष नरेशप्रताप साहले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै जिल्लामा अनुमति नै नलिई र अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गराएर नीजि विद्यालयहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । 
    “विद्यार्थी भर्ना गर्दा आइमिस भर्नुपर्ने हुन्छ । तर, अनुमति नपाएर संचालनमा रहेका विद्यालयहरुले आफ्नोमा अध्यापन गराई अन्यमा विद्यार्थीहरुको आइमिस भर्दै आएका छन् । यो शिक्षा क्षेत्रमा देखिएको ठूलो भ्रष्टाचार र बेथिति हो । यसलाई रोक्न नसकिए विद्यार्थीको भविष्यसँगै शिक्षा क्षेत्र नै तहसनहस हुनेमा कुनै शंका छैन् ।” विज्ञप्तिमा उल्लेख छ । 
    विज्ञप्तिमा उच्च अदालत जनकपुर, राजविराज इजलासले पनि अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेशपछि पनि त्यस्ता नीजि विद्यालयहरु संचालन भइरहेको पाइएकोले शिक्षा विकास तथा समन्वय इकाईको नेतृत्वमा अनुगमन गरिरहेको कार्यप्रति धन्यवाद समेत दिइएको छ । 
    सोही विज्ञप्तिमा अनुगमन पश्चात पनि ती विद्यालयहरु संचालनमा रहेको पाइएकोले अदालतको मानहानी हुने ठहर गर्दै यस्ता कार्यले समग्र विद्यालयको इज्जत प्रतिष्ठामा समेत आँच पु¥याउने भएको उल्लेख छ । 
    कानुनको अधिनमा रही कामकाज गर्न÷गराउन र विद्यालय संचालन गर्न सबैसँग आग्रह गर्दै अझ पनि कानुन विपरित काम गरेको पाइए र सम्बन्धित निकायले कार्वाही गर्दा संगठनले केहि गर्न नसक्ने व्यहोरा जानकारी समेत विज्ञप्ति मार्फत गराइएको छ । साथै सम्बन्धित निकायले पनि यसतर्फ गम्भीर भई विद्यार्थीको भविष्यबारे सोचिदिन र शिक्षा क्षेत्रको बेथितिलाई रोकिदिन सम्बन्धित निकायसँग माग गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
उपचारको अभावमा थला परेका  रमेशलाई रावि नपाद्वारा आर्थिक सहयोग
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव