दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजबिराज नगरपालिका नगर उपप्रमुख साधना झाले महिलाको शिक्षामा पहुँच र सम्पत्ति माथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, वालविवाह अन्त हुनुपर्नेमा जोड दिएकी छिन ।
मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।
सो तालिममा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत अनिता चौधरीले पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको र महिलाले दाईजो नल्याएका कारण यातना सहनु परेको बताईन ।
तालिममा राजबिराज नगरपालिकाका विभिन्न वडा वडा सदस्य तथा पीडित महिलाहरूको सहभागिता रहेको समाजिक शाखाका रंजिता कुमारी यादबले बताईन ।
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
सारांश
- मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
- महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
- सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया