महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०७७
|
|
८२ पटक हेरिएको
Shares
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा

सारांश

  •     मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
  •     महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
  •     सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    राजबिराज नगरपालिका नगर उपप्रमुख साधना झाले महिलाको शिक्षामा पहुँच र सम्पत्ति माथिको स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, वालविवाह अन्त हुनुपर्नेमा जोड दिएकी छिन ।
    मंगलवारदेखी राजबिराज नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजना लैंगिक हिंसा सम्बन्धी तीन दिने सचेतनामुलक तालिममा सो कुरा बताईएकी हुन् ।
    महिला हिंसाविरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिने उनले बताईन ।
    सो तालिमका प्रशिक्षक तथा प्रदेश २ सरकारका निशुल्क कानुनी परामर्श केन्द्र राजबिराजका प्रमुख किरण साहले समाजमा चेतनाको कमी, बालविवाह, अशिक्षा कारण समाजमा लैंगिक हिंसा बढदै गएको बताईन ।
    सो तालिममा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत अनिता चौधरीले पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको र महिलाले दाईजो नल्याएका कारण यातना सहनु परेको बताईन ।
    तालिममा राजबिराज नगरपालिकाका विभिन्न वडा वडा सदस्य तथा पीडित महिलाहरूको सहभागिता रहेको समाजिक शाखाका रंजिता कुमारी यादबले बताईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?