राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु

राजविराज राजविराज
|
शनिबार, माघ १८, २०७६
|
|
७८ पटक हेरिएको
Shares
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु

सारांश

  •     यता शनिबार पहिलो पटक बुद्ध एयर विमानस्थलमा अवतरण गरेपछि सम्पूर्ण यात्रु, विमानका चालक दलका सदस्यहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले माला लगाएर स्वागत गरेका थिए ।
  •       बुद्ध एयरका स्टेशन इन्र्चाज अनिल राजवंशीले ७२ सिट भएको बुद्घ एयरको विमान दैनिक उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्णधारण गरिएको जानकारी दिएका छन् ।
  • सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लिएर विमानले उडान गर्ने लक्ष्य राखेको उनले बताए ।

    राजविराज÷राजविराज विमानस्थलबाट शनिबारदेखी बुद्ध एयरले साताको सातै दिन नियमित उडान सेवा सुरु गरेको छ । यसअघि सो विमानस्थलबाट श्री एयरलाइन्सले विमान सेवा सुरु गरेको थियो । 
    झण्डै ६ दशकदेखी राजविराज विमानस्थलबाट पटक पटक उडान सेवा सूचारु र बन्द भएपछि गत वर्ष २०७६ असार १० गतेदेखी विमान सेवा नियमित रुपमा संचालन भइरहेको छ । 
    उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गरेको हो । 
    यता शनिबार पहिलो पटक बुद्ध एयर विमानस्थलमा अवतरण गरेपछि सम्पूर्ण यात्रु, विमानका चालक दलका सदस्यहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले माला लगाएर स्वागत गरेका थिए । 
    बुद्ध एयरका स्टेशन इन्र्चाज अनिल राजवंशीले ७२ सिट भएको बुद्घ एयरको विमान दैनिक उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्णधारण गरिएको जानकारी दिएका छन् । सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लिएर विमानले उडान गर्ने लक्ष्य राखेको उनले बताए । 
    यसअघि श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ । श्रीले कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् । वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमानसिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियती भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गते देखि श्री एयरलाईन्सले उडान सेवा सुरु गरेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी