राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु

राजविराज राजविराज
|
शनिबार, माघ १८, २०७६
|
|
३० पटक हेरिएको
Shares
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु

सारांश

  •     यता शनिबार पहिलो पटक बुद्ध एयर विमानस्थलमा अवतरण गरेपछि सम्पूर्ण यात्रु, विमानका चालक दलका सदस्यहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले माला लगाएर स्वागत गरेका थिए ।
  •       बुद्ध एयरका स्टेशन इन्र्चाज अनिल राजवंशीले ७२ सिट भएको बुद्घ एयरको विमान दैनिक उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्णधारण गरिएको जानकारी दिएका छन् ।
  • सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लिएर विमानले उडान गर्ने लक्ष्य राखेको उनले बताए ।

    राजविराज÷राजविराज विमानस्थलबाट शनिबारदेखी बुद्ध एयरले साताको सातै दिन नियमित उडान सेवा सुरु गरेको छ । यसअघि सो विमानस्थलबाट श्री एयरलाइन्सले विमान सेवा सुरु गरेको थियो । 
    झण्डै ६ दशकदेखी राजविराज विमानस्थलबाट पटक पटक उडान सेवा सूचारु र बन्द भएपछि गत वर्ष २०७६ असार १० गतेदेखी विमान सेवा नियमित रुपमा संचालन भइरहेको छ । 
    उडान सेवालाई अझ प्रभावकारी र प्रतिष्पर्धी बनाउने उद्देश्यले बुद्घ एयरले पनि राजविराजमा उडान सेवा सुरु गरेको हो । 
    यता शनिबार पहिलो पटक बुद्ध एयर विमानस्थलमा अवतरण गरेपछि सम्पूर्ण यात्रु, विमानका चालक दलका सदस्यहरुलाई राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले माला लगाएर स्वागत गरेका थिए । 
    बुद्ध एयरका स्टेशन इन्र्चाज अनिल राजवंशीले ७२ सिट भएको बुद्घ एयरको विमान दैनिक उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्णधारण गरिएको जानकारी दिएका छन् । सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लिएर विमानले उडान गर्ने लक्ष्य राखेको उनले बताए । 
    यसअघि श्री एयरलायइन्सले हप्ताको पाँच दिनसम्म विमान उडान गर्दै आइरहँदा ६ महिनादेखी हप्ताको तीन दिन मात्र उडान भरिरहेको छ । श्रीले कटौती गरी सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मात्र उडान सेवा दिदै आएको छ । त्यसमा पनि विभिन्न कारण देखाई श्रीएयरलाईन्सले पटक–पटक उडान रद्द गर्दा निरास बनेका स्थानियबासी बुद्घ एयरले सातैदिन उडान सेवा दिने भएपछि उत्साहित भएका छन् । वि.स. २०१६ सालमा तत्कालिन मन्त्री गणेशमानसिंहद्वारा उद्घाटन भएको राजविराज विमान स्थल कच्ची धावनमार्गका कारण पटक–पटक संचालनमा आउने र बन्द हुने नियती भोग्दै आएको थियो । तर पच्छिलो पटक कच्ची तथा अन्य भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि गत २०७५ साल अषाढ १० गते देखि श्री एयरलाईन्सले उडान सेवा सुरु गरेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण  बढ्दै, सीमा नाकामा छैन सतर्कता
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा