दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सोमवार दिउँसो हल्का वर्षा संगै अचानक दश मिनेटसम्म चलेको हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, कार्यालय प्रतियोगितास्थल लगायत स्थानमा लाखौंको क्षती भएको छ ।
कतिपय ठाउँमा रुख र विद्युतीय पोल ढल्दा सडक आवागमन र विद्युत आपुर्ती सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुतनाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
हावाहुरीका कारण नगरको मुख्य बजार मेनरोडमा २ वटा रुख ढलेर आवागमन प्रभावित भएको छ । यस्तै राजविराज–हनुमाननगरको देउरी सडक खण्डमा २ वटा विद्युतीय पोल र आधा दर्जन जती रुख सडकमा ढलेर सो मार्गमा आवागमन प्रभावित हुनुका साथै नगरमा विद्युत आपुर्ती सेवा पनि ठप्प भएको छ ।
कतिपय पालिकामा सोलार प्यानल उडाएको छ । यता हावाहुरीले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय खेल मैदानमा संचालित सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा पनि ठुलै क्षती पुगेको छ ।
प्रतियोगिता आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठका अनुसार हावाहुरीले २५ लाख भन्दा बढीको क्षती भएको छ । उनले खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमुल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रीन बोर्ड, प्रचार प्रसार लगायतका समाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षती भएको बताए ।
यस्तै ५ मिनेटको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लाखौको क्षती भएको बताइएको छ । प्रहरीले क्षतीको विवरण संकलन गर्ने कार्य भईरहेकाले यकिन विवरण उपलब्ध गराउन केही समय लाग्ने जनाएको छ ।
दश मिनेटको हावाहुरीले लाखौंको क्षती
सारांश
- कतिपय ठाउँमा रुख र विद्युतीय पोल ढल्दा सडक आवागमन र विद्युत आपुर्ती सेवा पनि अवरुद्ध भएको छ ।
- राजविराजको हनुमान मन्दिर, बाबा भुतनाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
- हावाहुरीका कारण नगरको मुख्य बजार मेनरोडमा २ वटा रुख ढलेर आवागमन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया