न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके

राजविराज राजविराज
|
बुधबार, आषाढ ५, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके

सारांश

  •     रोजगार विज्ञ रामआधार यादवले संघ, प्रदेश र स्थानीय सरकारले न्युनतम रोजगारीका लागि दलित, वेपत्ता परिवारका सदस्य, सहिद परिवारका सदस्य, विपन्न, गरिब लगायतको परिवारका सदस्यलाई प्राथमिकताका साथ रोजगारी दिनुपर्ने हो तर, सबै चुकेको बताए ।
  •       राजविराज नगरपालिकाको आयोजनामा बुधबार आयोजित रोजगारी रणनीति योजना तर्जुमा कार्यशाला गोष्ठीमा रोजगार विज्ञ यादवले प्रस्तुत गरेको कार्यपत्रमा रोजगारीको अवसर सृजनाका लागि एक करोड भन्दा मुनीको ठेक्कापट्टामा मेसिनबाट काम नगरी मानवबाटै काम गराउने सरकारी प्रावधान रहेकोमा यसप्रति कोही गम्भिर नभएको बताए ।
  • उनले यी विषयमा तीनै तहका सरकार गम्भिर हुनु पर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ असार । 

    स्थानीय पालिकाहरुले न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिने कार्यमा चुकेका छन् । 
    रोजगार विज्ञ रामआधार यादवले संघ, प्रदेश र स्थानीय सरकारले न्युनतम रोजगारीका लागि दलित, वेपत्ता परिवारका सदस्य, सहिद परिवारका सदस्य, विपन्न, गरिब लगायतको परिवारका सदस्यलाई प्राथमिकताका साथ रोजगारी दिनुपर्ने हो तर, सबै चुकेको बताए । 
    राजविराज नगरपालिकाको आयोजनामा बुधबार आयोजित रोजगारी रणनीति योजना तर्जुमा कार्यशाला गोष्ठीमा रोजगार विज्ञ यादवले प्रस्तुत गरेको कार्यपत्रमा रोजगारीको अवसर सृजनाका लागि एक करोड भन्दा मुनीको ठेक्कापट्टामा मेसिनबाट काम नगरी मानवबाटै काम गराउने सरकारी प्रावधान रहेकोमा यसप्रति कोही गम्भिर नभएको बताए । उनले यी विषयमा तीनै तहका सरकार गम्भिर हुनु पर्नेमा जोड समेत दिए । 
    रोजगारको अवसरलाई प्रोत्साहन गर्न नसक्दा मुलुकबाट बाहिरनेको संख्या बढ्दै गएको उनले बताए । तीनै तहका सरकारले न्युनतम रोजगारको व्यवस्था मिलाउन नसक्दा सप्तरीबाट वर्षेनी ३ देखी ३ दशमलब २ प्रतिशतसम्म जनता बिदेशिने गरेको जनाए । 
    सारथी नेपाल नामक संस्थाका प्रबन्धक समेत रहेको रोजगार विज्ञ यादवले नेपालबाट वर्षेनी १६ लाख भन्दा बढी जनता बिदेशिने गरेको आफ्नो प्रस्तुतीकरणमा जनाएका छन् । १६ लाख मध्ये १२ लाख जनता नेपाल फर्किए पनि ४ लाख जनता अझै विदेशमै रहने गरेको उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । 
    उनका अनुसार ८ लाख जनता श्रमका लागि, १ लाख अध्ययनका लागि, २ लाख भ्रमणका लागि र एक लाख विभिन्न भिषामा विदेशिने गरेका छन् । त्यस्तै ठूलै संख्यामा गैरकानुनी रुपमा मानिसहरु विदेशिने गरेको तथा १५ लाखभन्दा बढी जनता छिमेकी मुलुक भारतमा बिना भिषा विभिन्न प्रयोजनका लागि जाने गरेको उनले बताए । 
    सोही गोष्ठीमा रोजगार परामर्शकर्ता सन्दिप कुमार साहले मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई ध्यानमा राखेर रोजगारीको अवसर सृजना गर्नका लागि स्थानीय सरकारबाटै पहिलो कदम उठाउनु पर्ने सुझाव दिए । 
    आयोजित कार्यशला गोष्ठीमा राजविराज नगरपालिकाका रोजगार संयोजक ज्योतिष यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी