दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको रुपनी गाउँपालिका निवासी एक समाजसेवीले आफ्नै खर्चमा सोही गाउँपालिका वडा नं. २ लौआपार वस्तीका विपन्न समुदायलाई खानेपानीका लागी ट्युवेल जडान गराइ दिएका छन् ।
प्रचण्ड गर्मीका वेला खानेपानी समस्या भोगिरहेका करिब ३ सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिका ६ विरेन्द्र बजार निवासी ४० वर्षिय समाजसेवी रन्जित भगतले आफ्नो निजी खर्चमा ट्युवेल जडान गराइदिएका हुन् ।
सो बस्तीमा ट्युवेल नहुदा खानेपानी र सरसफाई लगायतका काममा निकै समस्या हुने गरेको खबर पाएपछि आपूmले सानो सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत रहेका समाजसेवी भगतले बताए ।
उनले ट्युवेल जडानका सम्पुर्ण खर्चका साथै सो स्थानमा नुहाउन, लुगा र भाडावर्तन धुन सुविधाका लागी स्ल्याब समेत निर्माण गरिदिने प्रतिबद्धता जनाए ।
यस अघि पनि उनले गाउँपालिकाका विपन्न वस्ती, एकल महिला, दलित, गरिब लगायतको घरमै पुगि सहयोग गर्दै आएका छन् ।
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
सारांश
- प्रचण्ड गर्मीका वेला खानेपानी समस्या भोगिरहेका करिब ३ सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिका ६ विरेन्द्र बजार निवासी ४० वर्षिय समाजसेवी रन्जित भगतले आफ्नो निजी खर्चमा ट्युवेल जडान गराइदिएका हुन् ।
- सो बस्तीमा ट्युवेल नहुदा खानेपानी र सरसफाई लगायतका काममा निकै समस्या हुने गरेको खबर पाएपछि आपूmले सानो सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत रहेका समाजसेवी भगतले बताए ।
- उनले ट्युवेल जडानका सम्पुर्ण खर्चका साथै सो स्थानमा नुहाउन, लुगा र भाडावर्तन धुन सुविधाका लागी स्ल्याब समेत निर्माण गरिदिने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया