उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग

सारांश

  •     राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया गितादेवी खंगको आर्थिक अभावले समयमा बाहिर लगेर उपचार गराउन नपाउँदा शनिबार बिहान मृत्यु भएको थियो ।
  •       सोमबार बिहान शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्‍याइएपछि अस्पतालमै पुगेर प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतकका पति राजाराम खंगलाई ११ हजार रुँपैया किरिया खर्च उपलब्ध गराएका हुन् ।
  •       मजदुरी गरि जिविकोपार्जन गर्दै आएका मृतकका पति राजारामलाई आर्थिक सहयोग दिँदै मन्त्री साहलाई उनको एकमात्र २ वर्षिया छोरीको शिक्षादिक्षामा समेत सहयोग गर्ने आश्वासन दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    आगोले जलेर गम्भिर घाइते भएपछि आर्थिक अभावका कारण उपचार गर्न नपाएर मृत्यु भएकी एक महिलाका परिवारलाई प्रदेश २ का एक मन्त्रीले सहयोग गरेका छन् । 
    राजविराज नगरपालिका १० दिघवा निवासी २५ वर्षिया गितादेवी खंगको आर्थिक अभावले समयमा बाहिर लगेर उपचार गराउन नपाउँदा शनिबार बिहान मृत्यु भएको थियो । 
    सोमबार बिहान शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्‍याइएपछि अस्पतालमै पुगेर प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतकका पति राजाराम खंगलाई ११ हजार रुँपैया किरिया खर्च उपलब्ध गराएका हुन् । 
    मजदुरी गरि जिविकोपार्जन गर्दै आएका मृतकका पति राजारामलाई आर्थिक सहयोग दिँदै मन्त्री साहलाई उनको एकमात्र २ वर्षिया छोरीको शिक्षादिक्षामा समेत सहयोग गर्ने आश्वासन दिएका छन् ।
    चार दिनअघि मात्र स्थानियबाट चन्दा सहयोग जुटाई किर्तिपुर स्किन अस्पताल पुर्‍याइएको खंगको उपचारकै क्रममा शनिबार बिहान सोही अपतालमा मृत्यु भएको हो । 
    शव गृह जिल्ला ल्याउन गाडी भाडा समेत नहुँदा विचल्लीमा परेका मृतकका पति राजारामलाई कामविशेषले काठमाडौंमा रहेका प्रदेशसभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपाका यूवा नेता किशोर कुमार यादव, अमरकान्त झालगायतले सहयोग जुटाउँदै भ्यान रिजर्भ गरि पठाएका थिए । 
    जाडोका कारण घुर ताप्न बसेकी गिता गत माघ १३ गते घुरबाटै जिउमा आगो सल्किदा जलेर गम्भिर घाइते भएकी थिइन् । यता मृतकका पति राजारमले गरिबीकै कारण समयमा उपचार गराउन नसक्दा पत्नि गुमाएको भन्दै अब २ वर्षिया छोरीको लालन पालन कसरी गर्ने चिन्ताले थप सताएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
राजरंगशालाको रुप फेर्ने तयारी
राजरंगशालाको रुप फेर्ने तयारी
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता
राजविराज नगरपालिका बिरुद्ध परेको रिटमा अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने