मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 

सारांश

  •     उनले कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेसको अनुगमन तथा निरीक्षण गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् ।
  •       सो क्रममा मन्त्री लेखीले कारागारको अवस्था अत्यन्त दयनीय रहेको भन्दै त्यसलाई सुधारका लागि सम्बन्धीत निकायलाई सुझाव दिएका छन् ।
  • कारागारको जग्गा अतिक्रमण भएको बारे कारागार प्रशासनले मन्त्री लेखीलाई जानकारी गराएपछि सो सम्बन्धमा आफू गम्भिर भएको र संघीय सरकारलाई जानकारी गराई आवश्यक कदम उठाउने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।

    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले बिहीबार राजविराज कारागारको अनुगमन तथा निरिक्षण गरेका छन् । 
    उनले कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेसको अनुगमन तथा निरीक्षण गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् । 
    सो क्रममा मन्त्री लेखीले कारागारको अवस्था अत्यन्त दयनीय रहेको भन्दै त्यसलाई सुधारका लागि सम्बन्धीत निकायलाई सुझाव दिएका छन् । कारागारको जग्गा अतिक्रमण भएको बारे कारागार प्रशासनले मन्त्री लेखीलाई जानकारी गराएपछि सो सम्बन्धमा आफू गम्भिर भएको र संघीय सरकारलाई जानकारी गराई आवश्यक कदम उठाउने उनको भनाई छ । 
    कारागारमा कैदीबन्दीहरु क्षमता भन्दा अत्याधिक रहेको बताउँदै मन्त्री लेखीले उनीहरुको क्षमता विकासका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्न संचार मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 
     निरिक्षणकै क्रममा मन्त्री लेखीले कारागार परिसर र कैदीबन्दी बस्ने ठाउँ अत्यन्त फोहर र दुर्घन्धित रहेको बताउँदै त्यसप्रति कारागार प्रशासन गम्भिर बन्नु पर्ने उल्लेख गरे । 
    ती सबै समस्याहरु बारे आफू संघीय सरकारसँगका मन्त्री तथा प्रतिनिधिहरुसँग हुने आगामी बैठकमा जानकारी गराउने र समस्या समाधान गर्तेतर्फ सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । 
    अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री लेखीसँग सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै