दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते

राजविराज राजविराज
|
बुधबार, माघ १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते

सारांश

  •     पूर्व–पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नं.
  • को मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोकिएर सो दुर्घटना भएको हो ।
  •       धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा निवासी मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दैनिक समाचरादाता
धनुषा, १५ माघ ।
    बोलेरो र मोटरसाइकल ठोक्ँिकदा भएको दुर्घटनामा बुधबार धनुषामा श्रीमान श्रीमतीको मृत्यु भएको छ भने छोरा सामान्य घाइते भएका छन् । 
    पूर्व–पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नं. को मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोकिएर सो दुर्घटना भएको हो । 
    धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा निवासी मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
    दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन साह भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 
    यता ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?