चोरी भएको बस महोत्तरीमा फेला प¥यो 

राजविराज राजविराज
|
मंगलबार, बैशाख २७, २०७९
|
|
६२ पटक हेरिएको
Shares
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 

सारांश

  •     राजविराज ८ निवासी प्रदिप कुमार जैनको घर अगाडी पार्किंङ गरिराखिएको ना.
  • ५ख.
  • ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक वस शनिवार राती चोरी भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 
    तीन दिन अघि घर अगाडीबाट चोरी भएको एउटा बस प्रहरीले पत्ता लगाई मंगलवार सवारी धनीलाई बुझाएको छ । 
    राजविराज ८ निवासी प्रदिप कुमार जैनको घर अगाडी पार्किंङ गरिराखिएको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक वस शनिवार राती चोरी भएको थियो । 
    उक्त बस राजविराजबाट करिब २ सय किलोमिटर टाढा पश्चिम महोत्तरी जिल्लाको लक्ष्मीनीयाँ गाउँबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
    उनका अनुसार खोज तलास जारी राखेकै बेला सोमवार मध्य राती लक्ष्मीनीया गाउँमा एउटा विद्युतको पोलमा उक्त बस ठोकिएको अवस्थामा फेला परेको हो । उनले चोरी गरी लाने ब्यक्ती बस छाडेर भागेको लक्ष्मीनीया प्रहरी चौकीबाट खबर प्राप्त भए लगत्तै सप्तरीबाट प्रहरी टोलीसहित सवारी धनीलाई पनि त्यसतर्फ पठाएर चोरी भएको सोही बस रहेको पुष्टि भएको बताए । 
    बस चोरी भएको भोली पल्टै विहान आईतवार सावरीधनी जैनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागी निवेदन दिएका थिए । उनले बस चोरी हुदाँका क्षणको सिसी क्यामेराको फुटेज पनि प्रहरीलाई उपलब्ध गराउदै खोज तलासका लागी आग्रह गरेका थिए । 
    प्रहरीले सिसी क्यामेराको पुृmटेजको आधारमा चोरी भएको बसको सम्पुर्ण विवरण मुलुक भर तथा सिमाक्षेत्रका भारतीय प्रहरी एकाईहरुमा समेत फोटो सहितको विवरण पठाई खोज तलास व्यापक बनाएको थियो । 
    चोरी गरी लाने ब्यक्तीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?