काँग्रेसका पुराना नेता बिराजीको  उपचारका क्रममा निधन

राजविराज राजविराज
|
बुधबार, माघ १५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
काँग्रेसका पुराना नेता बिराजीको  उपचारका क्रममा निधन

सारांश

  •     लामो समयदेखी उच्च रक्तचापले पीडित बिराजीको उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
  •       काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै बुधबारै अन्त्येष्टि गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
  •       सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी उनी पटक पटक महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला कार्यसमितिको सदस्य पदमा जिम्मेवारी बहन गर्दै आएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
    नेपाली काँग्रेसका पुराना नेता सरोज बिराजीको ६५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । 
    लामो समयदेखी उच्च रक्तचापले पीडित बिराजीको उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ । 
    काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै बुधबारै अन्त्येष्टि गरिएको नेपाली काँग्रेस सप्तरीका जिल्ला सभापति दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी उनी पटक पटक महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला कार्यसमितिको सदस्य पदमा जिम्मेवारी बहन गर्दै आएका थिए । 
    बि.स. २०३६ सालदेखी नै सक्रिय राजनीतिमा रहेका उनी पंचायतकालमा पटक पटक गरि एक दर्जन भन्दा बढी पल्ट जेल जिवन समेत भोगेका थिए ।
    यसैबीच नेपाली काँग्रेस सप्तरीको बसेको आकस्मिक बैठकले बिराजीको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूर्णिय क्षति भएको भन्दै तीन दिनसम्म चारतारे झण्डा झुकाउने निर्णय गरेको छ । 
    सोही बैठकले पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामनासहित पार्टी कार्यालयमा स्व. बिराजीको तस्बिर र शोकपुस्तिका राखेर श्रद्धाञ्जली अर्पण कार्यक्रम तीन दिनसम्म गर्ने निर्णय समेत गरेको काँग्रेसले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
गरिब, असाहयलाई राहत सहयोग जारी
गरिब, असाहयलाई राहत सहयोग जारी
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु