चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 

राजविराज राजविराज
|
सोमबार, आश्विन २७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं.
  • १० का शिवनन्दन यादव, वडा नं.
  • ११ अजयकुमार यादव तथा सोही पालिकाको वडा नं.

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 

    सप्तरी प्रहरीले चोरीका चार मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का शिवनन्दन यादव, वडा नं. ११ अजयकुमार यादव तथा सोही पालिकाको वडा नं. १५ का अनिलकुमार यादव, राजनारायण यादव, सचिन यादव र गजेन्द्र यादव छन् । यस्तै उदयपुरको बेलका नगरपालिका ९ का गणेश बहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् । 
    अघिल्लो दिन साँझ पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपिएपछी सोमबार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । 
    प्रहरी नायब उपरिक्षक गौतमकुमार केसीले उनीहरुको साथबाट चोरीमा प्रयोग गरिने उपकरण तथा चोरीका चार वटा मोटरसाइकल बरामद भएको छ । बरामद मोटरसाइकल आवश्यक प्रक्रिया पश्चात् सम्बन्धित मोटरसाइकल धनीलाई बुझाउने उनले बताए । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    जिल्लाको विभिन्न स्थानबाट पाँच वटा मोटरसाइकल चोरी भएको उजुरीको आधारमा खोजतलास कार्यलाई व्यापक बनाइएपछी चार वटा मोटरसाइकल बरामद गर्न सफल भएको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दण्ड प्रणाम गर्दै पूजाघाट 
दण्ड प्रणाम गर्दै पूजाघाट 
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
स्तनपान कक्ष निर्माण
स्तनपान कक्ष निर्माण
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
रंजितपुर तथा बोदेबरसाईन सेमिफाईनलमा प्रवेश 
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित