दैनिक समाचारदाता
राजविराज, ४ असार ।
रगतको अभावमा उपचार सेवामा समस्या भइरहेका बेला नेकपा माओवादी केन्द्र सप्तरीले रक्तदान कार्यक्रमको आयोजना गरि सहिदको स्मृती दिवस मनाएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरि सहिद दशरथ ठाकुर, गोबिन्द चौधरी, इन्द्रदेव विश्वास, रमेश राम, कमलेश यादव, महेन्द्र यादव र बिजय झाको स्मृती दिवस मनाएको हो ।
सप्तरी निवासी उनी सबै जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए । लामो समयदेखी लकडाउन जारि रहेका कारण जिल्लामा रगतको अभाव देखिन थालेपछि सहिदको स्मृती दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाइएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
पूर्वसिचाई मन्त्री समेत रहेका यादवले आफूसहित तीन दर्जन बढी नेता, कार्यकर्ता तथा सर्वसाधारणले रक्तदान गरेको जानकारी दिए ।
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
सारांश
- राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरि सहिद दशरथ ठाकुर, गोबिन्द चौधरी, इन्द्रदेव विश्वास, रमेश राम, कमलेश यादव, महेन्द्र यादव र बिजय झाको स्मृती दिवस मनाएको हो ।
- सप्तरी निवासी उनी सबै जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए ।
- लामो समयदेखी लकडाउन जारि रहेका कारण जिल्लामा रगतको अभाव देखिन थालेपछि सहिदको स्मृती दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाइएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया