आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा

राजविराज राजविराज
|
सोमबार, मंसिर २२, २०८२
|
|
१७ पटक हेरिएको
Shares
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा

सारांश

  •     नेपाल सरकारको राजश्व विभागको नीति अनुरुप ४० हजार करदाता भएको ठाउँमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने प्रावधान रहकोले गठित संघर्ष समितिले आन्तरिक राजश्व कार्यालय नै स्थापनाको माग राख्दै आन्दोलन सुरु गरेको संर्घष समितिका संयोजक मोहन कुमार यादवले जानकारी दिए ।
  •       यसअघि आइतबार र सोमबार संघर्ष समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको थियो ।
  •          गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।  

    आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आन्दोलित संघर्ष समितिले सोमबार सप्तरी जिल्ला भरीका नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने घोषणा गरेको छ । 
    नेपाल सरकारको राजश्व विभागको नीति अनुरुप ४० हजार करदाता भएको ठाउँमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने प्रावधान रहकोले गठित संघर्ष समितिले आन्तरिक राजश्व कार्यालय नै स्थापनाको माग राख्दै आन्दोलन सुरु गरेको संर्घष समितिका संयोजक मोहन कुमार यादवले जानकारी दिए । 
    यसअघि आइतबार र सोमबार संघर्ष समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिइएको थियो ।     
    गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । 
    बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान