दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
विद्यालय तथा निजि सवारी साधनले यात्रु ओसार्न थालेपछी आफूहरु मर्कामा परेको भन्दै यातायात व्यवसायीहरुले उक्त प्रवृती माथी नियन्त्रणका लागि माग गरेका छन् ।
बस व्यवसायीहरुको छाता संगठन माउन्ट सगरमाथा यातायात प्रालि प्रधान कार्यालय राजविराजले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
ज्ञापनपत्रमा सरकारी निकायमा विधिवत दर्ता भई यात्रु ओसार पोसार गर्ने इजाजत पाएका यातायात व्यवसायीलाई प्रत्यक्ष मार पर्ने गरि हाल सो कार्य केही विद्यालय, निजि तथा भारतीय नम्बर प्लेटका गाडीहरुले समेत गर्न थालेपछी आफुहरुको व्यवसाय संकटमा परेको उल्लेख गरिएको छ ।
केही समय यता विद्यालय, निजि र विभिन्न काम विशेषले नेपाल प्रवेश गरेका भारतीय नम्बरका गाडी समेतले यात्रु ओसार्ने र रिजर्भमा दिन थालेपछी आफूहरुको व्यवसाय संकटमा परेको ज्ञापन पत्रमा उल्लेख गर्दै विद्यार्थी बोकेको इजाजत प्राप्त गरेका नगरका कतिपय निजि विद्यालयले आफ्ना सवारी साधन जन्ती, पिकनिक र तिर्थाटन लगायतका काममा समेत भाडामा प्रयोग गर्न थालेको जनाइएको छ ।
माउन्ट सगरमाथा यातायात प्रालिका सचिवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा पत्रकार महासंघ शाखा सप्तरीलाई समेत दिई उक्त प्रवृतीमाथी अंकुश लगाउन पहलका लागि अनुरोध गरिएको छ । यसअघि संघले गत साउन २५ गते जिल्ला प्रशासन कार्यालयमा सोही ज्ञापन बुझाएको थियो ।
विद्यालय तथा निजि सवारी साधनले यात्रु ओसार्न थालेको गुनासो
सारांश
- बस व्यवसायीहरुको छाता संगठन माउन्ट सगरमाथा यातायात प्रालि प्रधान कार्यालय राजविराजले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
- ज्ञापनपत्रमा सरकारी निकायमा विधिवत दर्ता भई यात्रु ओसार पोसार गर्ने इजाजत पाएका यातायात व्यवसायीलाई प्रत्यक्ष मार पर्ने गरि हाल सो कार्य केही विद्यालय, निजि तथा भारतीय नम्बर प्लेटका गाडीहरुले समेत गर्न थालेपछी आफुहरुको व्यवसाय संकटमा परेको उल्लेख गरिएको छ ।
- केही समय यता विद्यालय, निजि र विभिन्न काम विशेषले नेपाल प्रवेश गरेका भारतीय नम्बरका गाडी समेतले यात्रु ओसार्ने र रिजर्भमा दिन थालेपछी आफूहरुको व्यवसाय संकटमा परेको ज्ञापन पत्रमा उल्लेख गर्दै विद्यार्थी बोकेको इजाजत प्राप्त गरेका नगरका कतिपय निजि विद्यालयले आफ्ना सवारी साधन जन्ती, पिकनिक र तिर्थाटन लगायतका काममा समेत भाडामा प्रयोग गर्न थालेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया