प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक

राजविराज राजविराज
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक

सारांश

  •     प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आर्थिक लाभ गर्ने उद्देश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ ।
  • सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर म्यासेन्जरमार्फत बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीवार सिआइबीले पत्रकार सम्मेलन गरि सो घटनाको खुलासा गर्दै त्यसमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका १० घर भई हाल सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत, उनका दाजु विष्णुदेव सुनरैत, कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज–१६ निवासी शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 
    प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानले प्रहरी नै सो घटनामा संलग्न रहेको खुलासा गरेको छ ।   
    प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आर्थिक लाभ गर्ने उद्देश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर म्यासेन्जरमार्फत बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको छ ।


    जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीवार सिआइबीले पत्रकार सम्मेलन गरि सो घटनाको खुलासा गर्दै त्यसमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका १० घर भई हाल सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत, उनका दाजु विष्णुदेव सुनरैत, कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज–१६ निवासी शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरेको हो ।
    पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ) को टोलीले आइटी विशेषज्ञको सहयोगमा सुक्ष्म अनुसन्धान र छानविन गरेपछि अपराधी पक्राउ गर्न सफलता हात मिलेको सिबीआई नायव प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिए । 
    प्रहरी चौकी कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएका प्रहरी जवान सुनरैतले चौकीका प्रमुख खाना खान गएको मौकाछुपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेको उनले जानकारी दिए । सुनरैतका प्रहरी साथी दिपेन्द्र मण्डल पनि यस पटकको एसईई परीक्षामा सहभागी छन् ।
    सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले त्यसो गरेको पाइएको नायव प्रहरी महानिरीक्षक शाहीले बताए । उनले प्रश्नपत्र हात पारेपछि आफ्ना प्रहरी मित्र मण्डललाई सजिलै पास गराउन प्र्रवेशपत्रको फोटो उप्काएर दाजु विष्णुदेवको फोटो टाँस गरी उनैलाई मण्डलको सट्टामा परीक्षामा परीक्षार्थीको रुपमा सहभागी समेत गराएका थिए ।
    यसरी प्रश्नपत्रको फोटो मोबाइलमा खिचेर तथा दाजुलाई नै नक्कली परीक्षार्थी बनाएर प्रहरी साथीलाई सहयोग गर्नुका साथै पैसा कमाउने उद्देश्यले उनले शिक्षक मनोज यादव र हनुमाननगर कंकालिनी नगरपालिकाका राजेश यादव र उमेश यादवलाई पनि आफ्नो योजनामा जोडेका थिए । 
    प्रश्नपत्रको फोटो खिचेर प्रहरी साथीलाई दिने र उनको स्थानमा दाजु विष्णुदेवलाई नक्कली परीक्षार्थी बनाएर परीक्षामा सहभागी गराएको स्वीकार गरिसकेका ब्रह्मदेव र दिपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही गरिने उनले जानकारी दिए । यस्तै शिक्षक यादवसहित अन्य चारजनालाई प्रचलित कानून बमोजिम कार्वाही गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
श्रद्धा, निष्ठा, रंगका साथ आत्ममिलनको पर्व होली
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
भारोत्तोलनका खेलाडीको बिदाई
भारोत्तोलनका खेलाडीको बिदाई
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु