तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित

राजविराज राजविराज
|
शनिबार, आषाढ २३, २०८०
|
|
१०० पटक हेरिएको
Shares
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित

सारांश

  •     राजविराज नगरभरीका संकलित फोहर बिसर्जनका लागि डेढ वर्ष अघि वडा नं.
  • १५ मा लिजमा जग्गा लिई डम्पिङ साइटको निर्माण कार्य थालिएको थियो ।
  • उक्त डम्पिङ साइटले अझै पूर्णता पाइसकेको छैन् ।

राजविराज÷विगत तीन दिनदेखी मरेको चौपायालाई ब्यवस्थापन गर्न नसक्दा र सात दिनदेखी नगरबाट फोहर पनि उठन नसक्दा नगर क्षेत्र दुर्घन्धित बन्दै गएको छ । 
राजविराज–रुपनी सडक खण्ड अन्तरगत पर्ने राजविराज ८ स्थित सडक किनारमा तीन दिनअघि मरेको बाछीलाई उठाउन सकिएको छैन् । मरेको बाछीलाई उठाउन नसक्दा फैलिएको दुर्घन्ध सहन नसकेपछि सो सडक खण्डबाट आवागमन गर्र्ने सर्वसाधारण नाक, मुख थुनेर हिड्न बाध्य भएका छन् । 
डम्पिङ साइट ब्यवस्थित नभएको तथा त्यहाबाट फैलिने दुर्घन्ध र हावाहुरीले उडाउने फोहरका कारण आफूहरुको स्वास्थ्यमा समस्या पर्न थालेको भन्दै आसपासका बासिन्दाले अवरोध गरेपछि नगरको फोहर बिसर्जन कार्य प्रभावित बन्न पुगेको हो । 
    राजविराज नगरभरीका संकलित फोहर बिसर्जनका लागि डेढ वर्ष अघि वडा नं. १५ मा लिजमा जग्गा लिई डम्पिङ साइटको निर्माण कार्य थालिएको थियो । उक्त डम्पिङ साइटले अझै पूर्णता पाइसकेको छैन् । जसकाराण् बजार क्षेत्रका फोहर समेत उठ्न नसक्दा नगर दुर्घन्धित हुन थालेको छ । 
    वडा नं. १५ का वडा अध्यक्ष ओमनारायण साहले फोहर बिर्सजनका लागि नगरपालिकाले बनाएको डम्पिङ साइटको घेरबार व्यवस्थित नभएको र आसपासका किसानहरुले त्यहाबाट फैलिने दुर्घन्ध र हावाहुरीले उडाउने फोहरले आफूहरु समस्यामा परेको भन्दै अवरोध गरेकाले समस्या उत्पन्न भएको बताए । 
    बिशेष गरि छिमेकी वडा नं. ११ का बासिन्दाहरुले घेरबार ब्यवस्थित नभएसम्म उक्त स्थानमा फोहर बिसर्जन गर्न नदिने अडान लिएको वडा अध्यक्ष साहको भनाई छ । “फोहर बिर्सजन स्थललाई तार जालिले घेरबार गरिएको छ, हावाहुरीको समयमा प्लास्टिकजन्य फोहर सामाग्रिहरु उडेर अर्काको खेतबारी र घरसम्म पुग्ने गरेको गुनासाहरु आउने गरेका छन्, वडाअध्यक्ष साहले भने “डम्पिङस्थलको तारजालीले होइन इटाको पर्खालले नै घेरबार गर्नुपर्ने, दुर्घन्ध फैलिन नदिन आवश्यक औषधीको प्रयोग गर्नुपर्ने र फोहरलाई समयमै नष्ट गर्न अन्य प्रबिधीको प्रयोग गर्नु पर्ने लगायतका माग स्थानिय बासिन्दाले गरेका छन् । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले डम्पिङसाइटमा फोहर बिर्सजनमा अवरोध गरिएपछि समस्या उत्पन्न भएको बताईन । उनले उक्त स्थललाई थप ब्वस्थित गर्न नगरपालिकाको साधनश्रोतले भ्याएसम्म काम अघि बढाइने बताईन् । उनले समस्या समाधानका लागि डम्पिङस्थल रहेको वडा १५ का वडाअध्यक्ष साह र सोही स्थलसँग जोडिएको अर्को वडा नं. ११ का वडा अध्यक्ष उदित नारायण यादवसमेतलाई राखी छलफल चलाइएको र चाडै समस्याको समाधान गरिने जनाएकी छिन् । 
  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी