सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला

राजविराज राजविराज
|
शनिबार, कार्तिक २७, २०७८
|
|
५८ पटक हेरिएको
Shares
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला

सारांश

  •     लिगमा यस पटक टिम संख्या बढाइने प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी दिए ।
  • गत सिजन ५ वटा टिम लिगमा सहभागी थिए ।
  • यस पटक लिग थप स्तरीय बन्ने तथा पहिलो पटक खेलहरु टर्फ विकेटमा खेलाइने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

    राजबिराज÷राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट संघले आयोजना गर्ने मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरिएको छ ।     लिगको तेश्रो संस्करण गत वर्ष चैत्रमा सम्पन्न भएको थियो । चौंथो संस्करणको आयोजना मंसिर अन्तिम साता हुनेछ । 
    यस पटक सप्तरी प्रिमियर लिगको महिला संस्करण पनि आयोजना गरिनेछ जसको लागि पनि खेलाडी दर्ता खुला गरिएको छ । पुरुष लिग सकिएको केहि दिनमा महिला लिग आयोजना हुनेछ ।
    अक्सनमा सहभागी हुन इच्छुक खेलाडीहरुले खल्ती एपमार्फत दर्ता शुल्क ५ सय रुपैयाँ तिरेर खेलाडीहरुले आफ्नो नाम दर्ता गर्न सक्ने र मंसिर १० गते सम्म खेलाडीहरुले नाम दर्ता गराईसक्नु पर्नेछ । 
    लिगमा यस पटक टिम संख्या बढाइने प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी दिए । गत सिजन ५ वटा टिम लिगमा सहभागी थिए । यस पटक लिग थप स्तरीय बन्ने तथा पहिलो पटक खेलहरु टर्फ विकेटमा खेलाइने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । 
    लिगको गत सिजन मेहबुब आलम, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, सुनिल धमला, सिद्धान्त लोहनी जस्ता चर्चित खेलाडीहरु बिभिन्न टिमबाट खेलेका थिए । यस्तै प्रत्येक टिममा स्थानीय खेलाडीहरुको समेत बाहुलता रहेको छ । 
    गत सिजनको उपाधि बिबेक यादव कप्तानीको बजाज खडक वारियार्सले जितेको थियो । लिगमा बजाज खडक वारियर्ससंगै रुपनी राइडर्स, टिभीएस किंग्स राजविराज, बोदे बरसाईन थन्डर्स र तिलाठी कोईलाडी गरि ५ टोलि सहभागी थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
उपाध्यक्षले धम्की दिएको भन्दै तिलाठी  कोइलाडीका कर्मचारीहरु आन्दोलित
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?