बयोबृद्ध महिलालाई कुटपिट गर्दै गहना लुटिए

राजविराज राजविराज
|
शनिबार, भाद्र ३०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
बयोबृद्ध महिलालाई कुटपिट गर्दै गहना लुटिए

सारांश

  •     वडा नं ४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिकै घर रहेको ८२ वर्षिया पबित्री देबी यादबलाई शुक्रबार घरमै पसेर अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
  •       स्थानीयले शुक्रबार दिउँसो २ बजेतिर अज्ञात व्यक्ति घरायसी हतियार लिएर उनलाई निर्घात कुटपिट गरिनुका साथै टाउको, आँखासमेत फुटाएर फरार भएको बताएका छन् ।
  •     घटनाको करिब आधा घण्टापछि छिमेकी एक महिला उनको घर पुग्दा टाउकोबाट रगत बगिरहेको देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई खबर गरेकी थिइन् ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ । 

    सप्तरीको बलानविहुल गाउँपालिकामा एक बयोबृद्ध एकल महिलालाई घरमा पसेर कुटपिट गर्दै अज्ञात व्यक्तिले उनले कानमा लगाएकी गहना लुटेर लगेका छन् । 
    वडा नं ४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिकै घर रहेको ८२ वर्षिया पबित्री देबी यादबलाई शुक्रबार घरमै पसेर अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएको गहना लुटेर लगेको प्रहरीले जनाएको छ । 
    स्थानीयले शुक्रबार दिउँसो २ बजेतिर अज्ञात व्यक्ति घरायसी हतियार लिएर उनलाई निर्घात कुटपिट गरिनुका साथै टाउको, आँखासमेत फुटाएर फरार भएको बताएका छन् ।
    घटनाको करिब आधा घण्टापछि छिमेकी एक महिला उनको घर पुग्दा टाउकोबाट रगत बगिरहेको देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई खबर गरेकी थिइन् ।  
    स्थानयिले नजिकको प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरी चौकी ईन्चार्जले घटनास्थल पुगी उक्त अचेत वृद्ध महिलालाई उपचारका अस्पताल पु¥याएका थिए । 
    सो घटना बारे ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएका प्रहरी निरिक्षक सुरेन्द्र यादबको टोलीले छानबिन गरिरहेको जनाउँदै अपराधीलाई चाडै पक्राउ गरिने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?