दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
भुमि समस्या समाधान आयोग सप्तरीले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ ।
सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिना भित्र जग्गाधनी पुर्जा वितरण तयारी भईरहेको आयोगका अध्यक्ष अखिलेश कुमार झाले जानकारी दिएका छन् ।
जिल्लाका १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरुप, बोदेबरसाईन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाईर कृष्णासवरन, रुपनी, राजगढ, तिरहुत गाउँपालिका गरी १३ वटा पालिकामा करिब ७० प्रतिशत काम सकिएको र निस्सा वितरणको अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।
यस्तै शम्भुनाथ नगरपालिका, तिलाठी कोईलाडी, छिन्नमस्ता, महदेवा र विष्णुपुर गाउँपालिका गरी बाँकी ५ पालिकामा भने काम शुरु गर्ने प्रक्रिया अगाडि बढाइरहेको अध्यक्ष झाको भनाइ छ ।
यस्तै खडक, सप्तकोशी नगरपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा नापी कार्य चलिरहेको र दशैंसम्म सकाएर निस्सा वितरण सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सप्तरीमा अहिलेसम्म आर्थिक बर्ष २०८१÷०८२ को जेठ महिना भित्र भुमिहिन दलित ५ हजार १७ जना, भुमिहिन सुकुम्बासी २ हजार ६८९ जना गरी १२ हजार ९८८ जनाले आयोगमा आवेदन दिएका छन् । त्यस्तै अव्यवस्थित बसोबास (अधुरो÷अपुरो) का २४७ वटा आवेदन परेको छ ।
भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
सारांश
- सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिना भित्र जग्गाधनी पुर्जा वितरण तयारी भईरहेको आयोगका अध्यक्ष अखिलेश कुमार झाले जानकारी दिएका छन् ।
- जिल्लाका १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरुप, बोदेबरसाईन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाईर कृष्णासवरन, रुपनी, राजगढ, तिरहुत गाउँपालिका गरी १३ वटा पालिकामा करिब ७० प्रतिशत काम सकिएको र निस्सा वितरणको अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।
- यस्तै शम्भुनाथ नगरपालिका, तिलाठी कोईलाडी, छिन्नमस्ता, महदेवा र विष्णुपुर गाउँपालिका गरी बाँकी ५ पालिकामा भने काम शुरु गर्ने प्रक्रिया अगाडि बढाइरहेको अध्यक्ष झाको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया