समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण

सारांश

  •     महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनमत पार्टीको तर्फबाट नेताहरु ज्ञापन बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जाँदा त्यसको रिपोर्टिङ गर्न गएका पत्रकार बृजमान तामाङसहितकालाई सुरक्षाकर्मीले भित्र जान नदिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
  •       जारि विज्ञप्तिमा समाचार सकंलनका क्रममा पत्रकार तामाङलाई सुरक्षाकर्मीले रोकेको जानकारी तत्कालै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गराएपनि भित्र छिर्न नदिएको जनाइएको छ ।
  •       विज्ञप्तिमा भनिएको छ, “रिपोर्टिङका लागि खटिनु पत्रकारको दायित्व हो ।

दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
 
    जिल्ला प्रशासन कार्यालय सप्तरीले समाचार संकलनमा पत्रकारलाई आइतबार रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
    महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनमत पार्टीको तर्फबाट नेताहरु ज्ञापन बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जाँदा त्यसको रिपोर्टिङ गर्न गएका पत्रकार बृजमान तामाङसहितकालाई सुरक्षाकर्मीले भित्र जान नदिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
    जारि विज्ञप्तिमा समाचार सकंलनका क्रममा पत्रकार तामाङलाई सुरक्षाकर्मीले रोकेको जानकारी तत्कालै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गराएपनि भित्र छिर्न नदिएको जनाइएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “रिपोर्टिङका लागि खटिनु पत्रकारको दायित्व हो । यसमा अवरोध सृजना गर्नु प्रेस स्वतन्त्रताबिरुद्धको ठाडो हस्तक्षेप हो । मुलुकमा संघीय गणतन्त्र आइसकेको अवस्थामा पनि पंचायतकालिन शैलीमा प्रहरी, प्रशासनले व्यबहार देखाउनु र पत्रकारलाई आफ्नो काम गर्नबाट रोक्नु खेदजनक कार्य हो । हामी यसको भत्र्सना गर्दछौं ।” 
    साथै विज्ञप्तिमा आगामी दिनमा प्रेस स्वतन्त्रताबिरुद्धका कुनै पनि काम नगर्न प्रहरी प्रशासनलाई सचेत गराउँदै यस किसिमको काम पुनः दोहोरिएमा नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ