शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 

सारांश

  •     राजविराज नगरपालिकाले शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिँदै आएको २ लाख ४१ हजार रुँपैया मध्येबाट दुई जना शिक्षक मासिक ८ हजार ३ सय ३३ रुँपैयामा काम गर्दै आएका थिए ।
  •       सोही अनुदान रकमबाट थप एक जना शिक्षकलाई नियुक्तिको प्रयास गर्दा घटेर मासिक ५ हजार ५ सय ५५ रुँपैया तलब भागमा पर्ने भएपछि शिक्षक र व्यवस्थापन समितिका अध्यक्षबीच विवाद चर्किएको हो ।
  •       मदरसाका प्रधानाध्यापक रुबिना बेगमले नगरपालिकाबाट अनुदान स्वरुप आउने बार्षिक २ लाख ४१ हजार रुँपैया मध्ये ४१ हजार मरदसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाख मध्येबाट आफू र मौलबीसहित दुई जनाको तलबमा खर्च हुने गरेको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 

    राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरियास्थित आशिनियाँ दारुल उलुम मदरसामा शिक्षकले पाउने गरेको तलब ८ हजारबाट ५ हजारमा झर्ने भएपछि विवाद चर्किएको छ । 
    राजविराज नगरपालिकाले शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिँदै आएको २ लाख ४१ हजार रुँपैया मध्येबाट दुई जना शिक्षक मासिक ८ हजार ३ सय ३३ रुँपैयामा काम गर्दै आएका थिए । 
    सोही अनुदान रकमबाट थप एक जना शिक्षकलाई नियुक्तिको प्रयास गर्दा घटेर मासिक ५ हजार ५ सय ५५ रुँपैया तलब भागमा पर्ने भएपछि शिक्षक र व्यवस्थापन समितिका अध्यक्षबीच विवाद चर्किएको हो । 
    मदरसाका प्रधानाध्यापक रुबिना बेगमले नगरपालिकाबाट अनुदान स्वरुप आउने बार्षिक २ लाख ४१ हजार रुँपैया मध्ये ४१ हजार मरदसा व्यवस्थापन समितिका अध्यक्ष आशिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाख मध्येबाट आफू र मौलबीसहित दुई जनाको तलबमा खर्च हुने गरेको बताइन् । सोही अनुदान रकमबाट तलब खाने गरि मदरसा व्यवस्थापन समितिका अधयक्ष आशिन मियाँले आफन्त पर्ने तेश्रो व्यक्ति नियुक्तिको प्रयास गर्दा आफूहरु मारमा पर्ने बताइन् । 
    उनले आफूहरुलाई जागिर छाड्न बाध्य बनाउन र आफन्तलाई भर्ना गर्ने नियतले अध्यक्षले गैरकानुनी ढंगले थप एक जना मौलबीलाई गत २०८० जेठ ४ गतेदेखी काममा लगाएर नियुक्ती पत्रका लागि आफूहरुमाथी दबाब बढाउदै लगेको आरोप समेत लगाइन् । 
    उनले नगरपालिकाबाट अनुदान वापत प्राप्त हुने २ लाख ४१ हजार मध्ये ४१ हजार अध्यक्ष आशिनले आफै राख्ने गरेकोमा उक्त रकम फिर्ता गर्नु पर्ने माग पनि गरेकी छिन् ।
    मदरसाका शिक्षक मो. युनिसले व्यवस्थापन समितिको बैठक कहिले नबसेको र अध्यक्षले आफूखुशी निर्णय गरि घरघरमा गई दबाब दिएर समितिका सदस्यहरुसँग निर्णय पुस्तिकामा हस्ताक्षरको प्रयास गर्ने गरेको बताए । 
    व्यवस्थापन समितिका अध्यक्ष आशिनले मदरसा व्यवस्थापनका लागि आफूले ४१ हजार लिने गरेको दाबी गर्दै मदरसामा थप शिक्षकको आवश्यकता महसुस भएकाले एक जनालाई    राख्न लागेको बताए । ८४ जना बालबालिका अध्ययन गर्ने उक्त मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाई हुनछ । तर आवश्यकता अनुसारको शिक्षक अभाव भएपछि थप एकजना मौलबी राखिएको उनले स्पष्ट पारेका छन् । 
    बि.स. २०६६ सालमा स्थापित उक्त मदरसामा उत्पन्न विवादले बालबालिकाको पठनपाठनमा समेत असर पार्ने भन्दै स्थानियले यसको सत्यतत्य छानबिन गरि अविलम्ब समस्या समाधान गर्न माग गरेका छन् । 
    अध्यक्ष आशिनले उल्टै जागिरबाट हटाइदिन्छु भनि धम्की दिएको भन्दै प्रअ, शिक्षक र अभिभावकले उनी बिरुद्ध नगरपालिका, शिक्षा समन्वय इकाई तथा अन्य निकायमा उजुरी दिने निर्णय गरेको प्रअ बेगमले बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी