मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव

राजविराज राजविराज
|
शनिबार, आश्विन ३०, २०७८
|
|
२० पटक हेरिएको
Shares
मधेशको मुद्दा लिएर अगाडी बढ्न लोसपालाई सुझाव

सारांश

  • लोसपा सप्तरी राजगढ गाउपालिकाद्वारा शुक्रबार आयोजित शुभकामना आदान प्रदान तथा सदस्यता बितरण कार्यक्रममा सहभागीहरूले उक्त सुझाव दिएका हुन् ।
  •   कार्यक्रमका प्रमुख अतिथि सांसद चन्द्रकान्त चौधरीले लोसपाप्रति जनताको आकर्षण बढेको बताउदै जसपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि जनताको समर्थन र झुुकाव यसै पार्टीमा रहेको दाबी समेत गरे ।
  • उनले पार्टी एउटा उद्देश्यले लिएर अगाडी बढेको बताउँदै भबिश्यमा सोही उद्देश्य अनुसार कार्य गर्ने उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई मधेशको मुद्दा लिएर अगाडी बढ्न अयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन ।
लोसपा सप्तरी राजगढ गाउपालिकाद्वारा शुक्रबार आयोजित शुभकामना आदान प्रदान तथा सदस्यता बितरण कार्यक्रममा सहभागीहरूले उक्त सुझाव दिएका हुन् । 
कार्यक्रमका प्रमुख अतिथि सांसद चन्द्रकान्त चौधरीले लोसपाप्रति जनताको आकर्षण बढेको बताउदै जसपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि जनताको समर्थन र झुुकाव यसै पार्टीमा रहेको दाबी समेत गरे । उनले पार्टी एउटा उद्देश्यले लिएर अगाडी बढेको बताउँदै भबिश्यमा सोही उद्देश्य अनुसार कार्य गर्ने उल्लेख गरे । 
लोसपाले एउटा उद्देश्य लिएर अगाडी बढेको पार्टी भएकोले मधेशी, आदिवासी, जनजाती, मुश्लिम लगायत सबै उपेक्षित वर्गको पहिचान तथा अधिकारका लागि लडिरहने बताउँदै लोसपाले जनताको मुद्दा लिएर अगाडि बढी रहेकोमा जनताले सन्तोष प्रकट गरिरहेको जिकिर गरे । 
यसैगरी शुक्रवारै राजगढ गाउपालिका वडा २ स्थित बनैनियामा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य पुष्पा ठाकुरले दशैको अवसरमा शुभकामना आदाप्रदानसँगै दर्जनौ व्यक्तिलाई सदस्यता बितरण गरि पार्टीमा भित्रियाएका छन ।
पार्टीका कार्यकारणी सदस्य समेत रहेकी नेतृ ठाकुरले जसपा सत्ताको राजनीतिमा लागि सकेको बताउँदै उसले मधेशको मुद्दालाई बिसर्जन गरेको आरोप समेत लगाइन् । 
हरेक बर्गको सम्मान र अधिकार दिलाउन तथा मधेशमा बिकासका लागि महिला सशक्तीकरण अति आबश्यता रहेको उनको भनाई थियो । 
लोसपा नेता मुसहरू यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता राजेन्द्र प्रसाद यादब राजाबाबु, लोसपा नेता गजेन्द्र मण्डल, लोसपा सप्तरी अध्यक्ष सुनिल झा, अमरनाथ मण्डल, राजगढ गापा २ का वडा अध्यक्ष ललित नारायण सिँह लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
यता सोही अवसरमा बनैनिया, नर्घाेसहितका विभिन्न पार्टी परित्याग गरी लोसपा पार्टीमा प्रबेष गरेका छन भने नवप्रवेशीहरूलाई संघिय संसद तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरी तथा केन्द्रिय कार्यकारणी समिति सदस्य पुष्पा ठाकुर लगायतले फुलमाला, अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?