बजाज युथलाई टि–ट्वान्टीको उपाधी 

राजविराज राजविराज
|
मंगलबार, पौष २४, २०७५
|
|
८७ पटक हेरिएको
Shares
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 

सारांश

  •     चाम्पियन स्टार क्रिकेट टिमद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा बैरियालाई ४ रनको अन्तरले पराजित गर्दै बिसनपुरले उपाधी हासिल गरेको हो ।
  •       प्रतियोगिताको उपाधीसँगै बिसनपुरले नगद ५० हजार तथा कप प्राप्त गरेको छ भने उपबिजेता बैरियाले नगद ३० हजार तथा मेडलमा चित बुझाएको छ ।
  •     सम्पन्न खेलमा पहिलो ब्याटिङ गरेको बिसनपुरले १ सय २ रनको योगफल बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
    सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मंगलबार सम्पन्न टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बजाज युथ एकेडेमी बिसनपुरले बैरियालाई पराजित गरेको छ । 
    चाम्पियन स्टार क्रिकेट टिमद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा बैरियालाई ४ रनको अन्तरले पराजित गर्दै बिसनपुरले उपाधी हासिल गरेको हो । 
    प्रतियोगिताको उपाधीसँगै बिसनपुरले नगद ५० हजार तथा कप प्राप्त गरेको छ भने उपबिजेता बैरियाले नगद ३० हजार तथा मेडलमा चित बुझाएको छ ।
    सम्पन्न खेलमा पहिलो ब्याटिङ गरेको बिसनपुरले १ सय २ रनको योगफल बनाएको थियो । प्रतिउत्तरमा १ सय ३ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको बैरिया ९८ रनमा समेटिएको थियो ।
    खेलको म्यान अफ द म्याच बिसनपुरका बिबेक यादव घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरीज तथा बेष्ट ब्याटसम्यान भएका बैरिया टीमका बिशालले मेडलसहित एक थान साईकल प्राप्त गरेका छन् । 
    त्यस्तै प्रतियोगितामा बिसनपुरका रोबिन सिंह उत्कृष्ट बलर घोषित भएका छन् । प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य अभिषेक कुमार यादव, नेकपाका नेता दिलिप यादव, इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंह लगायतले बिजेता तथा उपबिजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
समाज कल्याण मन्त्रालयका नाममा अल्पकालिन आदेश जारी
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व