दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना बजार क्षेत्रमा विटौरी रसिदको आधारमा वर्षाैदेखि बसोवास गर्दै आएको जग्गाबाट उठिवास गराई घरवार विहिन बनाउन चलखेल भइरहेको भन्दै दर्जनौ पीडित परिवारले न्यायका लागि अपिल गरेका छन् ।
बाउबाजेको पालादेखि वसोवास गर्दैै आएका करिब ८५ परिवार अहिले उक्त जग्गाबाट विस्थापित गराउने चलखेल भइरहेको भन्दै आफुहरुलाई उठिवासबाट जोगाउन सहयोगका लागि अपिल गरेका हुन् ।
उनीहरुले स्थानीय केही ब्यक्तीको स्वार्थपूर्ती कार्यमा वडाका कर्मचारी, पूर्व जनप्रतिनिधीले साथ दिदै किर्ते कागजात तयार गरी आपूmहरु वसोवास गर्दै आएको जग्गा अर्कै ब्यक्तीलाई बेचविखन गर्न खोजेको आरोप लगाउँदै सोको छानवीन हुनु पर्ने माग समेत गरेका छन् ।
पीडित मध्येका प्रेम प्रसाद गुप्ताका अनुसार २०२६ सालमा तत्कालिन मोहनपुर गाउँ पंचायतले बजार वसाउने क्रममा स्थाीयवासीको छलफल र सहमतिमा ८२ बटा प्लट छुट्टयाइएको थियो । सोही प्लट जग्गामा घर तथा पसल निर्माण गरी भोगचलन गर्दै आएकाहरुलाई उठिवास गराउने गरी अहिले केही ब्यक्तीहरुले किर्ते सिफारिस तयार गरी बिक्रि वितरण गर्ने षडयन्त्र गरिरहेको उनको भनाई छ ।
उनले वास्तविक जग्गाधनीलाई विस्थापित गर्नका लागि नक्कली जग्गाधनी खडा गरी आवश्यक कागजात समेत तयार गरिएको दाबी पनि गरे ।
जग्गा वापत तत्कालिन गाँउपंचायतबाट पाएको विटौरी रसिदका आधारमा वसोवास गर्दै आएको र हाल सम्म गाउँपालिका हुदै नगरपालिका सम्मलाई सो वापतको कर बुझाउँदै आएकोमा एक्कासी उठिवास गराउने गरी चलखेल शूरु हुँदा आफुहरु चिन्तामा डुबेको अर्का विटौरी जग्गा बाहक राम प्रसाद भगतको गुनासो छ । उक्त जग्गाको वर्षाै देखि नियमित कर लिने गरेको पालिकाले अहिले लालपुर्जा दिन इन्कार गर्नू र आपूmहरुको उठिवास हुने गरी गतिविधी अघि बढाउनु आपूmहरुमाथी अन्याय हुने अर्का स्थानीयवासी सुरेन्द्र प्रसाद गूप्ताको भनाई छ ।
यस सम्बन्धमा २०७८ साल बैशाख २१ गते तत्कालिन नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले भुमि सुधार तथा मालपोत कार्यालयलाई पत्राचार गर्दै नगरपालिकाको ५८ औं बोर्ड बैठकले समेत साविक मोहनपुर वडा नंं. ५ को साविक कित्ता नं.१७, १८, १९, २०, २१, ३५६, ४०१, ४४०, ४४२, ५४४ र ५ (क) को हालको कित्ता नं.७३५ र (ख) को किता नं.६१, ६२, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७ र ५ (ख) को हालको किता नंं ४०७, ४८५,७६१, ७६२, ७६४, ७७५, ७५६, ७७६, ९४८, ९४९, ५३२ र ७५५ को जग्गा विटौरी रसिदको आधारमा वर्षाै देखि घर तथा पसल लगायतका संरचना निर्माण गरी भोग चलन गर्दै आएकोले अन्य कसैले बेच विखन गर्न न पाउने निर्णय गरेको र सोहीनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ समेत दिइएको उक्त पत्रमा उल्लेखित जग्गाहरु केही ब्यक्तीहरुले किर्ते सिफारिस तयार गरी विक्री वितरण गर्न खोजेको उल्लेख गर्दै सो को छानवीन र विवादको अन्तिम किनारा न लागे सम्म जग्गाको खरिद विक्री कार्य रोक्का राख्न पनि आग्रह गरिएको थियो ।
तर हाल सो विपरितको कार्य अघि बढेको विटौरी जग्गा वाहकहरुको गुनासो छ । उनीहरुले यस कार्यमा वडा कार्यालयका एक कर्मचारी, पूर्व जनप्रतिनिधीको संलग्नता र मिलोमतोमा किर्ते सिफारिस लगायतका कागजात तयार गरी स्थानीय केही ब्यक्ती जग्गा विक्रीको चलखेल गरिरहेको आरोप लगाउदै यसको सुक्ष्म अनुन्धान हुनु पर्ने माँग समेत गरेका छन् ।
यता उक्त जग्गाको विषय अदालतमा पुगिसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनुको भनाई छ । अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा वडा कार्यालयले विटौरी रसिद काट्न रोकेको बताएका उनले भने–“अदालतमा मुदा परेपछि ती जग्गाको मालपोत काट्नका लागी आदेश भएको रै छ, अब त्यस्तो अवस्थामा एउटै जग्गाको विटौरी र मालपोत काट्न न मिल्ने भएकाले समस्या भएको हो ।”
केही दिन अघि मात्र आपूm यहाँ सरुवा भई आएको र सबै पक्षलाई राखि उचित समाधानको पहल थालेको उनको भनाई छ ।
नगर पिच्छै फरक नीतिले विटौरी जग्गा बाहक अन्य पालिकाहरुमा समेतका गरी हज्जारौ परिवार समस्यामा परेको भन्दै यहाँका बुद्धिजीवीहरुले अबिलम्ब यसको समाधानका लागी स्थानीय, प्रदेश र संघिय गरी तीनै तहका सरकारले पहल गर्नूृ पर्ने माग गरेका छन् ।
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा
सारांश
- बाउबाजेको पालादेखि वसोवास गर्दैै आएका करिब ८५ परिवार अहिले उक्त जग्गाबाट विस्थापित गराउने चलखेल भइरहेको भन्दै आफुहरुलाई उठिवासबाट जोगाउन सहयोगका लागि अपिल गरेका हुन् ।
- उनीहरुले स्थानीय केही ब्यक्तीको स्वार्थपूर्ती कार्यमा वडाका कर्मचारी, पूर्व जनप्रतिनिधीले साथ दिदै किर्ते कागजात तयार गरी आपूmहरु वसोवास गर्दै आएको जग्गा अर्कै ब्यक्तीलाई बेचविखन गर्न खोजेको आरोप लगाउँदै सोको छानवीन हुनु पर्ने माग समेत गरेका छन् ।
- पीडित मध्येका प्रेम प्रसाद गुप्ताका अनुसार २०२६ सालमा तत्कालिन मोहनपुर गाउँ पंचायतले बजार वसाउने क्रममा स्थाीयवासीको छलफल र सहमतिमा ८२ बटा प्लट छुट्टयाइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया