समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी

राजविराज राजविराज
|
सोमबार, जेठ ८, २०८०
|
|
३० पटक हेरिएको
Shares
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी

सारांश

  •     सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका सप्तरी अध्यक्ष लालबाबु अग्रवालले आर्थिक तरलता, मन्दी, बैंकको बढ्दो ब्याजदर, कच्चा पर्दाथको अभाव, व्याजका लागी बैंकिङ्ग क्षेत्रबाट बढ्दो दवाव, अब्यवहारिक मौद्रिक र कर नीति तथा कित्ताकाट र विटौरी जग्गा रोक्का फुकुवामा रोक लगायतका कारणले उद्योग व्यवसाय धरासायी बन्न लागेको बताए ।
  •       अध्यक्ष अग्रवालले आयातमुखी अर्थतन्त्र भएको मुलुकमा बैकको गतिवीधी उद्योगी व्यवसायी विरुद्ध भएको बताउँदै बैंकको बढ्दो व्याजदर संगै ब्याजका लागी बढ्दो दवावले आफुहरु आर्थिक, समाजिक र मानसिक तनावमा परेको चर्चा गरे ।
  •       उनले सरकारको परिवर्तित मौद्रिक नीतिको बैकहरुले पालना नगर्दा राजविराजमा मात्रै २ सय सटरहरु बन्द भईसकेको र तनाव खेप्न नसक्दा कतिपय उधोगी व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 

    उद्योग बाणिज्य संघ सप्तरीले समय मै सरकारले उद्योगि व्यवसायीहरुको समस्या समाधान गर्न गम्भिर नभए बाध्य भई आन्दोलनमा उत्रने चेतावनी दिएको छ । 
    सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका सप्तरी अध्यक्ष लालबाबु अग्रवालले आर्थिक तरलता, मन्दी, बैंकको बढ्दो ब्याजदर, कच्चा पर्दाथको अभाव, व्याजका लागी बैंकिङ्ग क्षेत्रबाट बढ्दो दवाव, अब्यवहारिक मौद्रिक र कर नीति तथा कित्ताकाट र विटौरी जग्गा रोक्का फुकुवामा रोक लगायतका कारणले उद्योग व्यवसाय धरासायी बन्न लागेको बताए । 
    अध्यक्ष अग्रवालले आयातमुखी अर्थतन्त्र भएको मुलुकमा बैकको गतिवीधी उद्योगी व्यवसायी विरुद्ध भएको बताउँदै बैंकको बढ्दो व्याजदर संगै ब्याजका लागी बढ्दो दवावले आफुहरु आर्थिक, समाजिक र मानसिक तनावमा परेको चर्चा गरे । 
    उनले सरकारको परिवर्तित मौद्रिक नीतिको बैकहरुले पालना नगर्दा राजविराजमा मात्रै २ सय सटरहरु बन्द भईसकेको र तनाव खेप्न नसक्दा कतिपय उधोगी व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएको बताए । 
    उद्योग व्यवसाय धरासायी बन्दै गएको वेला बैंकले व्यवसायीमाथी बढाउँदै गएको दवाव उचित नभएको उनको भनाइ छ । खुला सिमा नाकाका कारण बढ्दो चोरी तस्करीले पनि यहाँको ब्यापार व्यवसाय चौपट भएको उनको भनाई छ । 
    यस अघि २०७९ साल असोज १२ र २०७९ साल फागुन ११ गते उधोगी व्यवसायीको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्र बैंकको गर्भनर र प्रधानमन्त्री समेतलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि हाल सम्म कुनै सुनवाई न भएको भन्दै उनले असन्तुष्टी जनाए । 
    उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अरुण प्रधानले विदेशी मुद्रा संचितीमा परेको चाप कम गर्न स्वदेश मै उत्पादन बढाउनका लागी निजी क्षेत्रलाई सरकारबाट सहयोग र सहुलियत जरुरी रहेको बताए । 
    अर्थतन्त्रलाई थप संकटमा जान नदिन बंैकले आफ्नो नाफा नोक्सान मात्र न हेरी निजी क्षेत्रको अस्तित्व जोगाउन अग्रसर हुनु पर्ने उनको जोड थियो । 
    उनले मौद्रिक नितीमा हाल भएको केही परिवर्तनको पालना गराउन राष्ट्र बैंकले पनि मातहतका बैंकहरुलाई कडा निर्देशन दिनु पर्नेमा जोड दिदै थला परेको व्यापार व्यवसायलाई उकास्न बैंकको व्याजदर घटाउनुका साथै सहजरुपमा कर्जा उपलब्धका लागी राष्ट्र बैंकले हस्तक्षेप गर्नू पर्ने मागँ समेत गरे । 
    बैंकहरुले सहजरुपमा कर्जा नदिदा मिटरव्याजीको चक्करमा फसेर धेरै व्यवसायीहरुको उठिवास भएको भन्दै उनले यस तर्फ सरकारले अविलम्व ठोस पहल गर्नू पर्ने माँग गरे । उनले स्थानीय तहले लगाउने व्यवसायीक कर तथा विभिन्न सिफारीस दस्तुर प्रत्येक वर्ष बढाउँने गरेको भन्दै यसलाई समय सापेक्ष बनाउन माँग पनि गरे । 
    कार्यक्रममा व्यवसायी प्रमोद काबरा, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली लगायतले पनि उधोग व्यवसायमा देखिएको संकट समाधानका लागी सरकार गम्भीर नभए बाध्य भई उधोगी व्यवसायी संगै नागरीक समाज पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?